राजनीति


कांग्रेस–जसपा बैठक : तत्काल संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय

कांग्रेस–जसपा बैठक : तत्काल संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय

नेपालखबर
पुस ४, २०७७ शनिबार १२:४७,

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संसद अधिवेशन तत्काल बोलाउन सरकारलाई दबाब दिने भएका छन्।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस र जसपाका नेताहरुको बैठकमा सो समझदारी गरिएको जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईका प्रेस संयोजक विश्वदीप पाण्डेले जानकारी दिए।

‘लोकतन्त्रको रक्षा, भ्रष्टाचारको भण्डाफोर, कोभिडको महामारी, आर्थिक संकट र जनसरोकारको विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच सहकार्य गरेर अगाडि बढ्ने निर्णय भएको छ,’ पाण्डेले नेपालखबरसँग भने।

छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशशरण महत थिए भने जसपाबाट केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी थिए।

शुक्रबार नै देउवाले संसद अधिवेशन बोलाउन आफूले पटक पटक पहल गरेपनि कांग्रेस एक्लैसँग संसदमा २५ प्रतिशत संख्या नभएकाले आफ्नो प्रयासले सार्थकता पाउन नसकेको बताएका थिए।

‘अन्य दलका साथिहरुसँग पनि यस विषयमा छलफल भएको थियो।तर ति छलफलले सार्थकता नपाएकाले विषेश अधिवेशन माग गर्ने प्रक्रिया सुरु गर्न सकेनौ। अब तत्काल नियमित संसद अधिवेशन बोलाउन माग गर्दछु,’ देउवाले शुक्रबार सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका थिए।

त्यसको भोलिपल्ट (आज शनिबार) उनले त्यसबारे फेरि जसपाका नेताहरुसँग छलफल गरी त्यसका लागि सरकारलाई दबाब दिने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad