राजनीति


माधव नेपाल खुमलटार पुगेलगत्तै प्रधानमन्त्री ओली बाहिरिए

माधव नेपाल खुमलटार पुगेलगत्तै प्रधानमन्त्री ओली बाहिरिए

नेपालखबर
पुस ४, २०७७ शनिबार ६:३३,

प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्ड निवासबाट बाहिरिएका छन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि शनिबार बिहान ११ बजे खुमलटार पुगेका प्रधानमन्त्री ओली १ घण्टा १५ मिनेट बसेर बाहिरिएका हुन्।

सो समयमा प्रधामन्त्री ओलीले झण्डै ४५ मिनेट प्रचण्डसँग एक्लै र त्यसपछि उपाध्यक्ष वामदेव गौतमसहित थप आधा घण्टा संयुक्त छलफल गरेका थिए।

मध्यान्ह १२.१५ बजे वरिष्ठ नेता नेपाल पुगेलगत्तै प्रधानमन्त्री ओली बारिएका थिए भने त्यसको कही समयमै उपाध्यक्ष गौतम पनि बाहिरिएका थिए।

अहिले खुमलटारमा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच छलफल भइरहेको छ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको पुगेका बेला पार्टी कार्यालयमा राखिएको स्थायी समितिको बैठकमा समेत सुरक्षा थ्रेट देखाउँदै नगएका प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न पुग्नुलाई चासोका साथ हेरिएको छ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच शुक्रबार साँझ बालुवाटारमा छलफल भएको थियो। सोही छलफलका क्रममा प्रधानमन्त्री ओली थप छलफलका लागि शनिबार बिहान आफू खुमलटार आउने जानकारी दिएका दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad