राजनीति


अध्यादेश तुरुन्त खारेज गर्नुपर्छ : प्रचण्ड

अध्यादेश तुरुन्त खारेज गर्नुपर्छ : प्रचण्ड

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार १०:२६,

सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्नुपर्ने बताएका छन्।

मंगलबार ल्याइएको संवैधानिक परिषद् काम कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष प्रचण्डले तत्काल खारेज गर्न माग गरेका हुन्।

‘पार्टीभित्र, मन्त्रिपरिषदमा कुनै छलफल नगरी ल्याइएको अध्यादेश तत्काल खारेज हुनुपर्छ भन्ने अध्यक्षको भनाइ रहेको छ,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले नेपालखबरसँग बताए।

मंगलबार विहान बोलाइएको संबैधानिक परिषद्को बैठकमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा नगएपछि गणपुरक संख्या नपुगेर स्थगित भएको थियो।

गणपुरक संख्या नपुगेपछि ओलीले मन्त्रिपरिषद् बैठकमा छलफल समेत नगराई संवैधानिक परिषदको बैठकसम्बन्धी प्रावधानलाई संशोधन गरी अध्यादेश सिफारिस गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो सो अध्यादेश जारी गरेपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले प्रतिक्रिया दिँदै अध्यादेश खारेज हुनुपर्ने बताएका हुन्।

यो पनिः

मन्त्रीपरिषदमा छलफल नै नगरी अध्यादेशः संवैधानिक परिषदमा गणपुरक संख्या घटाइयो

राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad