मन्त्रिपरिषदको बैठक नियमित एजेण्डाहरुमा छलफल गरेर सकिएको छ।
‘आजको बैठकमा मुख्यतः नियमित विषयवस्तु र एजेन्डाहरुमा छलफल तथा निर्णय गरेर सम्पन्न भएको छ,’ बैठकपछि एक मन्त्रीले नेपालखबरसँग भने।
सो बैठक हिजो सोमबार साँझ नै खबर गरी बसेको नियमित बैठक भएको ती मन्त्रीले बताए।
नेकपामा विवाद थप जटिल बन्दै जाँदा प्रधानमन्त्रीले पार्टी विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याउन सक्ने अड्कलबाजी समेत भइरहेका बेला बैठक डाकिएका कारण सो आशंका समेत गरिएको थियो।
‘त्यस्तो कुनै राजनीतिक एजेन्डामा छलफल वा निर्णय भएको छैन,’ मन्त्रीले भने।
प्रतिक्रिया