ad ad

समाज


कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्ने र खोपलाई स्वीकृति दिने देशको सूची यस्तो..

कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्ने र खोपलाई स्वीकृति दिने देशको सूची यस्तो..

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ७:२९,

कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डोमिटरका अनुसार हालसम्म ७ करोड ३१ लाख ९३ हजारमा कोरोना पुष्टि भइसक्दा ५ करोड १३ लाख २६ हजार कोरोनामुक्त भएका छन्।

अझै दैनिक हजारौं संक्रमित थपिने क्रम जारी छ। कोरोनाले विश्व ठप्प हुँदा विश्वभरका देशले आर्थिक समस्या झेले, कयौं व्यवसायहरु टाट पल्टिए।

तर कोरोनाविरुद्धको प्रभावकारी खोपहरु निर्माण भइरहँदा भने यतिबेला मानिसहरुले राहत महसुस गरिरहेका छन्।

खोपको प्रयोगसँगै विश्व फेरि लयमा फर्किने विश्वास व्यक्त गरिएको छ।

केही देशले यतिबेला कोरोना खोप कार्यक्रम सुरु गरिसकेका छन् भने केही देशले खोपलाई प्रयोगका लागि स्वीकृति प्रदान गरिरहेका छन्।

यो पनिः कोरोनाको खोप लगाएकी ९० वर्षीया वृद्धा भन्छिन्ः खोप सबैले लगाउनुपर्छ

(खोप लगाउन सुरु गर्ने र खोप स्वीकृति दिने देशको सूची)

१. बेलायतः बेलायत विश्वमै सबैभन्दा पहिले कोरोनाविरुद्धको खोप मानिसमा प्रयोगका लागि अनुमति दिने राष्ट्र हो। बेलायतमा गत डिसेम्बर २ देखि कोरोना खोप कार्यक्रम सुरुवात भएको छ। यहाँ अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले निर्माण गरेको खोप प्रयोगका लागि स्वीकृति दिइएको छ। यो खोप ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ।

२. रुसः बेलायतले मानिसमा कोरोनाविरुद्धको खोप लगाउने स्वीकृति प्रदान गरेको भोलिपल्टै रुसले पनि आफ्नो खोप ‘स्पुतनिक–भी’लाई प्रयोगका लागि स्वीकृति दिएको थियो। रुसले राजधानी मस्कोबाट कोरोना खोप कार्यक्रम सुरुवात गरेको छ। यस खोप पनि ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ।

३. अमेरिकाः अमेरिकामा सोमबारदेखि कोरोना खोप कार्यक्रम सुरु भएको छ। एक नर्सलाई खोप प्रदान गर्दै अमेरिकाले कोरोना खोप कार्यक्रम सुरुवात गरेको हो। न्युयोर्ककी नर्स सान्द्रा लिन्ड्सेले एफडीएले स्वीकृति प्रदान गरेको फाइजर र बायोएनटेकको खोप लगाएको बीबीसीले जनाएको छ।

New York Coronavirus Vaccine Distribution Begins - The New York Timesसान्द्रा लिन्ड्से

४. क्यानडाः क्यानडाले आफ्नो देशमा फाइजरको खोपलाई स्वीकृति दिएको छ। त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसै महिनादेखि फाइजरको खोप क्यानडा भित्रिने बताएका छन्।

५. बहराइनः बहराइनले फाइजर र बायोएनटेकको खोपलाई देशमा प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ। यस्तै बहराइनले सोमबार मात्र चिनियाँ सिनोफार्मको ८६ प्रतिशत प्रभावकारी सावित भएको खोपलाई पनि स्वीकृति प्रदान गरेको थियो।

६. साउदी अरबः साउदी अरबले फाइजर र बायोएनटेको खोप प्रयोगका लागि स्वीकृति दिइसकेको छ।

७. सिंगापुरः सिंगापुरले पनि फाइजर र बायोएनटेकको खोप प्रयोगका लागि स्वीकृति दिएको छ। त्यहाँका प्रधानमन्त्री लि सिन लङले यसै महिनाको अन्तिमबाट खोप लगाउने कार्यक्रम सुरु हुने बताएका छन्।

८. दक्षिण कोरियाः दक्षिण कोरियाले चार करोड ४० लाख नागरिकका लागि कोरोनाविरुद्धको खोप खरिद गर्ने बताएको छ। कोरियाले फाइजर, एस्ट्राजेनिका र मोडेर्नाबाट समान २ करोड २० लाख डोज खोप खरिद गर्नेछ भने जोन्सन एन्ड जोन्सनबाट ४० लाख डोज खोप खरिद गर्नेछ। साथै एक करोड डोज खोप भने दक्षिण कोरियाले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स योजनाबाट प्राप्त गर्नेछ।

९. जापानः जापानले फाइजर र बायोएनटेकसँग गत जुलाईमै खोप प्राप्त गर्नका लागि सम्झौता गरेको थियो। यतिबेला फाइजरको खोप प्रयोग हुन थालिसकेको छ। जापानले चाँडै यो खोप प्राप्त गर्ने अनुमान गरिएको छ। जापानले बेलायती एस्ट्राजेनिका र अमेरिकी मोडेर्नाबाट पनि खोप मगाएको छ।

१०. अर्जेन्टिनाः अर्जेन्टिनामा राष्ट्रपति अल्बेर्तो फर्नान्डेजले रुससँग कोरोना खोपबारे स्वीकृति भएको बताएका छन्। आगामी जनवरी र फेब्रुअरीबाट अर्जेन्टिनामा रुसबाट स्पुतनिक भी खोप आयात हुनेछन्।

११. इन्डोनेसियाः इन्डोनेसियामा सिनोभ्याक बायोटेकको खोप गतहप्ता नै आपूर्ति भइसकेको छ। अब चाँडै त्यहाँ पनि खोप लगाउन सुरु गरिनेछ।

यी बाहेक विश्वमा अन्य देशहरुले पनि कोरोनाविरुद्ध प्रभावकारी सावित भएका खोपहरुलाई स्वीकृति दिने कार्य चलिरहेको छ।

यसबाहेक कोरोना भाइरसविरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत विकासोन्मुख राष्ट्रहरुले खोप पाउनेछन्। (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .