ad ad

राजनीति


कांग्रेसको शालीनतालाई सरकारले कमजोरी ठान्यो, अब सशक्त रुपमा प्रस्तुत हुन्छौँ : देउवा

कांग्रेसको शालीनतालाई सरकारले कमजोरी ठान्यो, अब सशक्त रुपमा प्रस्तुत हुन्छौँ : देउवा

नेपालखबर
मंसिर २८, २०७७ आइतबार ६:४,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते गर्न लागेको सरकारविरोधी प्रदर्शनमा सक्रिय रुपमा सहभागी हुन् पार्टी सदस्य, समर्थक र शुभचिन्तकहरुलाई आग्रह गरेको छ।

प्रदर्शनको अघिल्लो दिन आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै सभापति शेरबहादुर देउवाले देशव्यापी प्रदर्शनमा कोरोना कहरलाई ख्याल गर्दै मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न आग्रह गरेका छन्।

‘कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयंसेवाका लागि म तरुण साथीहरुलाई आग्रह गर्दछु’, विज्ञप्तिमा भनिएको छ।

प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर शालीन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउउँदै आए पनि सरकारले त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको देउवाको आरोप छ।

 सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेको र यस्तो प्रवृत्तिको परिणाम नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको विज्ञप्तिमा उल्लेख छ। सरकाप्रतिको वितृष्णा अहिलेको अवस्थाप्रतिको वितष्णा भएको भन्दै उनले कांग्रेसले सडकदेखि संसदसम्म सरकारलाई दबाब दिन लागेको र त्यसको सुरुवात सोमबारको प्रदर्शनबाट हुने बताएका छन्।

‘सरकारप्रतिको वितृष्णा मूलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा हो। नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो’, विज्ञप्तिमा भनिएको छ, ‘अतः नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तीव्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ। त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन।’

सभापति देउवाले सरकार कोरोनाको महामारी जनता मर्दै गर्दा पनि भ्रष्टाचारमा लिप्त भएको, शक्ति प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरी विधेयकमार्फत अधिनायकवादी तरिकाले अगाडि बढेको, महिला हिंसा र बलात्कारका घटना रोक्न नसकेको लगायतका आरोप सरकारमाथि लागाएका छन्।

सभापति देउवाले तनहुँको पछिल्लो घटनादेखि देशका कयाैँ भागमा भएका उत्पीडन, दमन र विभेदका घटना हरेक नेपाली गम्भीर हुन जरुरी रहेको बताएका छन्।

सभापति देउवाले कोरोनाबाट जनाताको रक्षा गर्न सरकारको स्पष्ट दृष्टिकोण नहुँदै सयौँले ज्यान गुमाउनु परेको र मुलुकको चौतर्फी संकट निकासका लागि लाग्नु पर्ने सरकार सत्ताको द्वन्द्वमा जकडिएका कारण जनतामा आक्रोश बढेको बताए।

‘कोरोनाबाट जनताको रक्षा गर्ने गम्भीर दृष्टि र सुविचारित कार्ययोजना नहुँदा सयौंको मृत्यु भएको छ भने हरेक नेपालीले मृत्युको सन्त्रास भोग्नु परेको छ। कोरोनाकालिन नीति, दृष्टिकोण र ठोस कार्यक्रम नहुँदा मुलुकको अर्थतन्त्र झनै कमजोर बन्न पुगेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘चौतर्फी संकटबाट मुलुकलाई निकासको मार्गमा लग्न गम्भीर भएर कार्य गर्नुपर्ने सरकार सत्ताको द्वन्द्वमा जकडिएको छ। यस्तो परिदृश्यमा जनतामा प्रश्न, आक्रोश र वितृष्णा बढ्नु विल्कुलै स्वभाविक छ।’

मुलुकलाई हरेक चुनौतीको घडीमा निकास र नेतृत्व दिएको दल कांग्रेस भएको बताउँदै सभापति देउवाले प्रतिपक्षमा रहेको समयमा पनि जिम्मेवारपूर्ण ब्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहीतामा कांग्रेस गम्भीर रहेको बताए। उनले सोमबारको सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसदमा कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .