ad ad

राजनीति


यमनमा विद्रोहीलाई समेटेर संयुक्त सरकार गठनको तयारी

यमनमा विद्रोहीलाई समेटेर संयुक्त सरकार गठनको तयारी

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार ०:६,

यमनमा एक साताभित्र विद्रोहीलाई समेटेर संयुक्त सरकार गठनको तयारी गरिएको छ।

अन्तर्राष्ट्रिय समुदायद्वारा मान्यता प्राप्त यमन सरकार र दक्षिणी क्षेत्रमा स्वतन्त्र राज्यको माग गर्दै आएको एक विद्रोही समूहले संयुक्त सरकार गठनको तयारी गरेका साउदी अरब नेतृत्वको गठबन्धनले जनाएको छ।

निरन्तरको श्रृंखलावद्ध प्रयासपछि सत्ता साझेदारीका लागि साउदी अरबको पहलमा सन् २०१९ को नोभेम्बरमा संयुक्त सरकार गठनको सम्झौता भएको थियो। तर, यो सम्झौला लागू गर्न विश्वव्यापी महामारीका कारण संभव भएको थिएन।

दक्षिणी यमनमा सक्रिय साउदर्न ट्रान्जिसनल काउन्सिल (एसटीसी) र संयुक्त राष्ट्रसंघको पहलमा निर्माण गरिएको सरकार दुबै यमनको अधिकांश उत्तरी भूभागलाई सशस्त्र हतियारको बलमा कब्जामा लिएको इरान निकट मानिने हुथी समूहसँगको लडाईंमा भने यस पहिले देखि नै सहकार्य गर्दै आएका थिए।

सम्झौता कार्यान्वयनमा रमजधानी सानालाई समेत नियन्त्रणमा लिएको हुथी विद्रोहीको सक्रिय लडाईं र महामारीका कारण पटक पटक प्रयास भए पनि सम्भव हुन सकेको थिएन।

साउदी गठबन्धन समूहसम्बद्ध स्रोतलाई उद्धृत गर्दै साउदी अरबको राज्य सञ्चालित साउदी प्रेस एजेन्सीले भनेको छ, ‘वर्तमान् सरकार र एसटीसी समूहका कूल २४ मन्त्री रहने गरी नयाँ सरकार गठन गर्न दुबै समूहले सहमति जनाइसकेका र यसै हप्तामा नयाँ सरकार गठन गरिनेछ।’

समाचारमा भनिएको छ, ‘केही दिनमा नै एसटीसीका सैनिकलाई व्यवस्थापन गरीनेछ तत्पश्चात नयाँ सरकारको गठन हुनेछ।’

सम्झौता अनुरूप नयाँ संयुक्त सरकार गठनका लागि दुबै पक्षको बराबर प्रतिनिधित्व रहनुपर्नेलगायतका प्रमुख विषयमा नै विवाद भएको र लगत्तै विश्वव्यापी कोभिड–१९ को प्रभाब यमनमा पनि परेकोले सम्झौतालाई अघि बढ्न सकेको थिएन।

यमनको अन्तराष्ट्रिय समुदायद्वारा मान्यता प्राप्त सरकार र दक्षिणमा सक्रिय एसटीसी विद्रोहीलाई क्रमश ः साउदी अरब र संयुक्त अरब ईमिरेट्सको सहयोग रहँदै आएको छ।

यमनमा सन् २०१४ देखि जारी युद्धका कारण अधिकांश सर्वसाधारण र द्वन्द्वरत पक्षका दशौँ हजार सैनिक तथा लडाकूको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार यमनले अहिले अति गहिरो मानवीय सङ्कटको सामना गरिरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .