ad ad

समाज


अमेरिकामा कोरोना संक्रमणले विकराल रुप लिँदै, एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु

अमेरिकामा कोरोना संक्रमणले विकराल रुप लिँदै, एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार ०:१८,

कोरोना संक्रमणबाट अमेरिकामा पछिल्लो चौबीस घण्टामा तीन हजार भन्दा धेरैको मृत्यु भएको छ। पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका त्यहाँ तीन हजार ५४ संक्रमितले ज्यान गुमाएका छन्।

यो संख्या संक्रमणबाट एकै दिन मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा धेरै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्।

अमेरिकामा गत मई ७ मा दुई हजार ७६९ जनाको मृत्यु भएको थियो। कोभिड ट्रयाकिङ परियोजनाका अनुसार अमेरिकामा एक लाख छ हजार सङ्क्रमित उपचारको क्रममा छन्।

स्वास्थ्य अधिकारीहरुले स्वास्थ्य मापदण्ड पालना नभए आगामी दिन संक्रमणले अझै विकराल रुप लिने चेताबनी दिएका छन्।

अमेरिकामा हालसम्म एक करोड ५० लाख ब्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। त्यहाँ संक्रमणबाट अहिलेसम्म दुई लाख ८९ हजारको मत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .