राजनीति


नेपालीले छिट्टै कोरोना भ्याक्सिनको प्रयोग गर्न पाउने व्यवस्था सरकारले मिलाउँदै छ : सञ्चारमन्त्री

नेपालीले छिट्टै कोरोना भ्याक्सिनको प्रयोग गर्न पाउने व्यवस्था सरकारले मिलाउँदै छ : सञ्चारमन्त्री

नेपालखबर
मंसिर २४, २०७७ बुधबार ७:२४,

सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्ने काममा एकताबद्ध हुन सबै पक्षलाई आह्वान गरेका छन्।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकारले मानव अधिकारको सुनिश्चित हुने गरी सूचना प्रविधिको विकासमा जोड दिएको उल्लेख गर्दै त्यसमा साथ दिन मानव अधिकारकर्मीहरुलाई पनि आग्रह गरे।

७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित ‘भर्चुअल’ कार्यक्रममा बोल्दै उनले मानव अधिकार हनन् नहुने गरी जनतालाई सुुसूचित गराउन गाउँगाउँमा इन्टरनेट सेवा विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको पनि स्पष्ट पारे।

मन्त्री गुरुङले सूचनाको हक मानव अधिकारको प्रत्याभूति दिलाउन अनिवार्य सर्त भएको उल्लेख गर्दै त्यस कामलाई प्रभावकारी रुपमा अघि बढाउन मानव अधिकारकर्मी र सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने स्मरण गराए।

उनले कोभिड–१९ को उपचारका लागि भ्याक्सिनको आविष्कार भएको उल्लेख गर्दै त्यसको उपभोग नेपाली जनताले पनि छिट्टै पाउने गरी आवश्यक व्यवस्था मिलाउन सरकार लागि परेको पनि बताए।

मन्त्री गुुरुङले मानव अधिकारको सुनिश्चित हुनेगरी मुुलुकको शान्ति, समृद्धि र विकासको काममा सरकार प्रतिवद्ध भएर लागि परेको बताए। उनले जनतालाई निरास हुन नदिन, उनीहरुलाई राष्ट्र निर्माणको अभियानमा सम्पूर्ण रुपले सहभागी गराउन सरकारले पहल गरिरहेको बताउँदै त्यस अभियानमा मानव अधिकारकर्मीहरुको साथ र सहयोग सदैव रहिरहने विश्वास समेत व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad