भारतीय क्रिकेटर पार्थिव पोटेलले क्रिकेटबाट सन्यास लिएका छन्।
बुधबार पार्थिवले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूले सबैखाले क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्।
३५ वर्षीय पार्थिव १८ वर्षसम्म क्रिकेटमा सक्रिय रहेका थिए। यस क्रममा उनले भारतका लागि २५ टेस्ट, ३८ अन्तर्राष्ट्रिय वान डे, २ अन्तर्राष्ट्रिय टी२० खेल खेलेका छन्।
उनले आफ्नो अन्तिम टेस्ट खेल सन २०१८ मा दक्षिण अफ्रिकाका विरुद्ध खेलेका थिए।
पार्थिव पटेलले आफ्नो पोस्टमा लेखेका छन्, ‘आज म क्रिकेटको सबै फर्म्याटबाट अवकाश लिदै छु, जुन मेरो १८ वर्षको क्रिकेट क्यारियरको अन्त्य हो। बीसीसीआईले मलाई १७ वर्षको उमेरमा भारतीय टिममा लागि खेल्ने अवसर दियो। बीसीसीआईले मलाई जुन तरिकाले सहयोग गरेको छ त्यसका लागि म सधैँ कृतज्ञ रहने छु।’

प्रतिक्रिया