ad ad

राजनीति


प्रधानमन्त्री ओली भन्छन् : सगरमाथाको उचाइ बढि विश्वसनीय बनाउन नेपाल र चीनले संयुक्तरुपमा मापन गरेको हो (भिडियो)

प्रधानमन्त्री ओली भन्छन् : सगरमाथाको उचाइ बढि विश्वसनीय बनाउन नेपाल र चीनले संयुक्तरुपमा मापन गरेको हो (भिडियो)

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार १५:३३,

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ बढेसँगै नेपालको पनि उचाई ८६ सेन्टिमिटरले बढेको बताएका छन्।

उनले सगरमाथाको उचाइ बढि विश्वसनीय, भरपर्दो र यथार्थमा आधारित होस् भनी नेपाल र चीनले संयुक्तरुपमा मापन गरिएको बताएका छन्।

उनले हाम्रा हिमाल नयाँ र विकास हुने क्रममा रहेकाले उचाइ पनि बढ्नु स्वभाविक भएको बताए।

नापी विभागले भने नेपालले आफ्नै साधन स्रोत र नेपाली प्राविधिकहरुलाई नै सगरमाथाको चुचुरोमा समेत पठाई मापन गरेको बताएको छ। 

विभागले चीन र नेपालले उचाइ घाेषणा सभामात्र संयुक्तरुपमा गरेका बताएकाे छ।

नेपाल र चीन दुवैले मंगलबार संयुक्त घाेषणा कार्यक्रम राखी सगरमाथाकाे उचाइ पहिलेकाे भन्दा ८६ सेन्टिमिटरले बढेर ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर कायम भएकाे घाेषणा गरेका थिए।

भिडियो:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .