ad ad

कला


टेक अधिकारी र सिर्जना खत्रीको ‘ओइ माया’ सार्वजनिक (भिडियो)

टेक अधिकारी र सिर्जना खत्रीको ‘ओइ माया’ सार्वजनिक (भिडियो)

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार १५:३५,

पछिल्लो समयको सर्वाधिक हिट गीत ‘मेरो एक्सको छम्मा’की गायिका सिर्जना खत्री (हाउडेमाया) र गायक टेक अधिकारी स्वरमा नयाँ मौलिक लोकदोहोरी गीत ‘ओइ माया’ सार्वजनिक भएको छ।

टेक अधिकारीको शब्द, रेशम प्रधानको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा हास्यकलाकार सुबोध गौतम (एदुमे) र आयुष्मा कार्कीको साथमा राजु भुजेल, देव बराल, फरिता खड्का लगायतको अभिनय रहेको छ।

एक्सन फिल्मसको अफिसियल युट्युबबाट भिडियो सार्वजानिक गरिएको छ ।

करिब डेड दशकदेखि नेपाली सांगीतिक छेत्रमा सक्रिय गायक टेक अधिकारीको यसअघि सिर्जना खत्री (हाउडेमाया)सँगको सहकार्यमा ‘ओइ सानी’, ‘छडके तिलहरी’ लगायत गीतहरु आइसकेका छन् भने उनको शब्द तथा संगीतमा आधुनिक, देशभक्ति र लोक तथा दोहोरी गरी दर्जनौं गीतहरु बजारमा आइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .