ad ad

राजनीति


दिल्लीका मुख्यमन्त्री केजरीवाल घरमै नजरबन्दमा!

दिल्लीका मुख्यमन्त्री केजरीवाल घरमै नजरबन्दमा!

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ६:४८,

आम आद्मी पार्टीमा आवद्ध केजरीवाललाई घरमै नजरबन्दमा राखिएको उक्त पार्टीले बताएको छ।

दिल्लीको सिमाना सिंघुमा केन्द्र सरकार विरोधी आन्दोलनमा सहभागी भएको भोलिपल्ट केजरीवाललाई नजरबन्दमा राखिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

आम आद्मी पार्टीले केजरीवालको घरबाट बाहिर निस्कन र त्यहाँ पस्न कसैलाई नदिएको बताएको छ।

उक्त पार्टीले भारतीय जनता पार्टीको प्रहरीले केजरीवाललाई नजरबन्दमा राखेको बताएको छ।

 भारतका किसानहरुले यतिबेला प्रधानमन्दी मोदीविरद्ध आन्दोलन चर्काएका छन्। आज मंगलबार किसानहरुले भारत बन्दकै आह्वान गरेका छन्।

Delhi Chief Minister Arvind Kejriwal, Deputy Chief Minister Manish Sisodia and Delhi Transport minister Kailash Gahlot meet farmers at Delhi Tourism's Guru Teg Bahadur Memorial during ongoing protest against the new farm laws at Singhu Border in New Delhi on Monday.केजरीवाल सोमबार किसान आन्दोलनमा सहभागी भएका थिए।

आम आद्मी पार्टीले केजरीवाललाई नजरबन्दमा राखेको दाबी गरिरहँदा प्रहरीले भने केजरीवाल नजरबन्दमा नरहेको बताएको छ।

 दिल्ली प्रहरीले केजरीवाललाई नजरबन्दमा नराखिएको र उनी आफ्नो अधिकार प्रयोग गर्न खुला भएको प्रतिक्रिया जनाएको छ।

 यो पनिः मोदी सरकारसँग रुष्ट किसानले गरे भारतभर बन्दको घोषणा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .