राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुई अध्यादेश प्रमाणिकरण गरेकी छन्।
संविधानको धारा ११४ को उपधारा (१) बमोजिम यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको हो।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुई अध्यादेश जारी गरिएको जनाइएको छ।


प्रतिक्रिया