कारोबार


कामना सेवा विकास बैंकद्वारा लोक गायक सुरेश गन्धर्बलाई आर्थिक सहयोग

कामना सेवा विकास बैंकद्वारा लोक गायक सुरेश गन्धर्बलाई आर्थिक सहयोग

नेपालखबर
मंसिर २१, २०७७ आइतबार १२:३७,

कामना सेवा विकास बैंकले कुनै समय श्रोतामाझ निकै लोकप्रिय र फेरि चर्चामा आएको सिके श्रेष्ठले रचना गरेको गीतका गायक सुरेश गन्धर्बलाई उपचारका लागि सहयोग स्वरुप रु.५० हजारको चेक हस्तान्तरण गरेको छ।

६५ वर्ष अघि भोजपुरको जरायोटारमा जन्मिएका गन्धर्ब सानै उमेरदेखि नै सारङ्गी बजाउँदै आफ्नो सुरिलो स्वरले गाउँदै धेरै श्रोताको मन जित्न सफल भएका थिए भने २०४९ सालमा धनकुटाको देब्रेवासमा रहेको रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा रिंकीबुङको राँगोलाई बोलको गीत रेर्कड भएको थियो।

‘रिंकीबुङको राँगोलाई.....चुङकेबुङको चुलेसीले’ गीतका चर्चित गायक सुरेश गन्धर्ब पछिल्लो केही समययता मुटुरोग, युरिक एसिड (वाथ), सुगर (मधुमेह), प्रेसर, थाइराइड जस्ता रोगहरूबाट पीडित रहेका छन्।

सहयोग रकमको चेक कामना सेवा विकास बैंकका प्रदेश नं १ का प्रदेश प्रमुख सुजन छाराहाङले गन्धर्बको धरान– ८ स्थित डेरामा नै पुगेर हस्तान्तरण गरेका हुन्। सो सहयोग बैंक र बैंकका कर्मचारीको एक दिनको पारिश्रमिकबाट संकलन गरि प्रदान गरिएको बैंकका प्रदेश नं. १ प्रमुख छाराहाङले जानकारी दिए।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको एक हिस्साका रूपमा नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डभित्र रही शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, सामाजिक रुपले पिछडिएका वर्गका आयआर्जन क्षमता अभिबृद्धि, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम आदिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान गर्दै आइरहेको छ।

बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्पmत ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad