राजनीति


हर्क साम्पाङले भने- सेनालाई सिमानामा लगेर राख्नुपर्छ

हर्क साम्पाङले भने- सेनालाई सिमानामा लगेर राख्नुपर्छ

नेपालखबर
जेठ २५, २०८३ सोमबार १३:३८, काठमाडौँ

सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षी दलहरुको विरोधका कारण कार्यसूचिमा प्रवेश गर्न सकेको छैन। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते संसदमा ‘नेपालले पनि भारततर्फ सीमा मिचेको रहेछ’ भनेका थिए।

विपक्षी दलहरूको निरन्तर विरोधका कारण संसद बैठक स्थगित गरिएको छ। 

यसअघि संसदमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष र्हक साम्पाङले प्रधानमन्त्रले आफ्नो भनाइ सच्याउनुपर्ने अडान राखेका छन्। उनले  सिमानामा नेपाली सेना राख्नुपर्ने  बताए।

‘प्रधानमन्त्रीले संसदको रोष्टममा उभिएर जुन अभिव्यक्ति दिनुभएको छ त्यसलाई सच्याउनुपर्छ। हाम्रो देशले छिमेकी देशको कहाँ कहाँ सीमा अतिक्रण गरेका रहेछौँ भनेर पुष्टि गर्नुपर्छ', उनले भने, 'यसलाई माफी माग्नुपर्छ भन्ने पनि नभनौँ। उहाँले आफ्नो भनाइ सच्याउनुपर्छ।’

भूगोलबिनाको देश हुँदै भन्ने उनले यो कुरा नसच्याउन्जेल अन्य विषयमा प्रवेश गर्नु भनेको मित्थ्या हुने बताए। श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका उनले सिमानामा नेपाली सेना तैनाथ गर्नुपर्ने जनाए।

‘म त भन्छु नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्नुपर्छ। सेनालाई राख्नुपर्ने ठाउँ सिमाना हो। उहाँले भनेको कुरा परराष्ट्रमन्त्रीले वा अरु कसैले सच्याउने कुरा आइरहेको छ। यो उहाँले नै सच्याउनुपर्छ भन्ने हाम्रो माग रहेको छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad