ad ad

समाज


डोटी जीप दुर्घटना : मृतकको संख्या ४ पुग्यो, वडासचिवका ४ वर्षीय छोराको पनि मृत्यु

डोटी जीप दुर्घटना : मृतकको संख्या ४ पुग्यो, वडासचिवका ४ वर्षीय छोराको पनि मृत्यु

नेपालखबर
मंसिर २१, २०७७ आइतबार २:३५,

डोटीको बोगटान फुड्सिल गाउँपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चार वर्षीय एक बालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

डोटी सदरमुकाम दिपायलबाट बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र खत्याडी जाँदै गरेको शैलेश्वरी यातायातको म १ च ५५० नम्बरको जीप गएराति १ बजे बोगटान फुड्सिल गाउँपालिका-७ को बउखेल्ले भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका-७ की वडासचिव २७ वर्षीया मञ्जु त्रिपाठी, उनका चार वर्षीय छोरा र त्रिपाठीकै ५५ वर्षीया सासुआमाको मृत्यु भएको छ। त्यसैगरी ग्रामीण जलस्रोत परियोजनामा कार्यरत केआईसिँह गाउँपालिका-४ का ४० हरिनारायण भट्टको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक ईन्द्रदेव मल्लले जानकारी दिए।

दुर्घटनामा चार जना घाइते भएका छन्। घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका-६ का करिब ३० वर्षका जीप चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका-१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी र सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी छन्।

जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। अहिले घटनास्थलबाट घाइतेको उद्धार तथा मृतकको शव सङ्कलनको कार्य जारी रहेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक चन्दले जानकारी दिए।

यो पनि  मध्यराति डोटीमा जीप दुर्घटना हुँदा वडासचिवसहित ३ जनाको मृत्यु, ५ घाइते

यो पनि  हुम्लामा बिरामी बोकेको बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ घाइते

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .