प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री कुनै पनि पद नछाड्ने अडान दोहोर्याएका छन्।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टीको सचिवालय बैठकमा उनले सो धारणा राखेका हुन्।
उनले महाधिवेशन नभएसम्म पार्टी अध्यक्ष पद र प्रतिनिधि सभाको निर्वाचन नभएसम्म प्रधानमन्त्री नछाड्ने अडान दोहोर्याएको नेकपाका एक सचिवालय सदस्यले बताए।
‘उहाँले आजको बैठकमा पनि सचिवालयमा बहुमतको आडमा निर्णय गरिन थालेको तर त्यो आफूलाई स्वीकार्य नहुने र महाधिवेशनभन्दा पहिले पार्टी अध्यक्ष र प्रतिनिधि सभाको चुनाव अगाडि प्रधानमन्त्री पद नछाड्ने बताउनु भयो,’ ती सचिवालय सदस्य भने।
पार्टी तथा सरकार राम्रोसँग सञ्चालन नगरेको र पार्टीसँग कुनै समन्वय नगरेको, कमिटीका निर्णय पालना नगरेको भन्दै नेकपाको सचिवालय र स्थायी समिति लगायतका बहुमत सदस्यले ओलीको राजीनामा माग गर्दै आएका छन्।
यो पनि:
- प्रधानमन्त्री ओलीले चाहेका थिएनन् स्थायी समिति बैठक र प्रस्तावमाथि छलफल
- नेकपा सचिवालयको निर्णय : दुवै अध्यक्षका प्रस्ताव स्थायी समितिमै छलफल गर्ने

प्रतिक्रिया