ad ad

राजनीति


आधा घण्टा अगाडि नै प्रचण्ड बालुवाटार पुगे, छुट्टै छलफलको तयारी

आधा घण्टा अगाडि नै प्रचण्ड बालुवाटार पुगे, छुट्टै छलफलको तयारी

नेपालखबर
मंसिर २०, २०७७ शनिबार ७:१,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।

शनिबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठकभन्दा आधा घण्टा अगाडि प्रचण्ड बालुवाटार पुगेका हुन्।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले अध्यक्ष प्रचण्ड बालुवाटार पुगेको जानकारी दिए। उनले सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल पनि बालुवाटारमै रहेको जानकारी दिए।

‘हामी साढे १२ बजे आइपुगेका हौँ’, नेपालखबरसँग कुरा गर्दै सापकोटाले भने, ‘उपप्रधानमन्त्री पोखरेल र महासचिव पौडेल पनि यहीँ हुनुहुन्छ।’

उनले बैठकअघि दुवै पक्षबीच छलफल हुने सम्भावना रहेको बताए।

१७ गते बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि नेकपा सचिवालय बैठक तीन दिनका लागि स्थगित गरी आज दिउँसो १ बजेका लागि बोलाइएको हाे।

यो बीचमा दुवै पक्षबीच सहमति कायम गराउन अध्यक्ष ओली निकट नेताहरु लागि परे पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन।

प्रधामन्त्री ओली बाहिर सहमति गरेर मात्रै बैठकमा जाने अडानमा छन् भने अध्यक्ष प्रचण्ड सबै कुराको छलफल बैठकमै गर्नुपर्नेमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .