राजनीति


चिनियाँ रक्षामन्त्रीको भ्रमण नेपाल र चीनबीचको द्विपक्षीय मामिला होः भारत

चिनियाँ रक्षामन्त्रीको भ्रमण नेपाल र चीनबीचको द्विपक्षीय मामिला होः भारत

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार १३:२२,

चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङको नेपाल भ्रमण द्विपक्षीय मामिला भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारतीय विदेश मन्त्रालयले आयोजना गर्ने साप्ताहिक पत्रकार सम्मेलनमा पत्रकारहरुले वेई फेङको नेपाल र पाकिस्तान भ्रमणको बारेमा भारतीय सरकारको धारणा मागेका थिए।

‘भ्रमणको विषयमा म कुनै टिप्पणी गर्न चाहान्नँ। यो द्विपक्षीय विषय हो,’ मन्त्रालयका प्रवक्ता अनुरा श्रीवास्तवले भने।

चीनका रक्षामन्त्री वेइ आइतबार एक दिने भ्रमणको क्रममा नेपाल आएका थिए। भारतीयका पूर्वकूटनीतिज्ञहरुले रक्षामन्त्री वेईको भ्रमणलाई लिएर नेपालले भारतीय संवेदनशीलतालाई बुझ्न नसकेको टिप्पणी गरेका थिए। नेपालपछि उनले पाकिस्तानको पनि भ्रमण गरेका छन्।

यसैगरी भारतको विदेश मन्त्रालयले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई नेपाल भारत संयुक्त आयोगको बैठक अध्यक्षता गर्न निम्त्याएको जनाएको छ।

‘नेपाल भ्रमणमा गएका भारतीय विदेश सचिव हर्षवर्द्धन शृंगलाले नेपालका परराष्ट्रमन्त्रीलाई विदेशमन्त्रीको संयुक्त आयोगको बैठकको अध्यक्षता गर्नका लागि निमन्त्रणा गर्नु भएको छ,’ श्रीवास्तवले भने, ‘मितिको विषयमा दुवै पक्षबीच छलफल भइसको छ।’

नेपाल भारत संयुक्त आयोगको बैठक नेपाल र भारतमा आलोपालो हुने गरेको छ। यसपटक बैठकको आयोजना गर्ने पालो भारतको हो।

सो बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली डिसेम्बर १५ मा भारत जाने स्रोतहरुले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad