राजनीति


आन्दोलन र महाधिवेशन सँगसँगै : थापा

आन्दोलन र महाधिवेशन सँगसँगै : थापा

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार १२:१०,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन र पार्टीको महाधिवेशनलाई सँगसँगै लैजाने बताएका छन्।

पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तरक्रियामा बोल्दै अध्यक्ष थापाले राप्रपालाई वैकल्पिक शक्तिका रुपमा स्थापना गर्ने गरी अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए।

उनले सरकारको अदूरदर्शिता र अकर्मण्यताका कारण जनता दिक्क भएको र कांग्रेसको कमजोर र असफल प्रतिपक्षी भूमिकाले जनतामा थप निराशा पैदा भएको बताए।

भ्रष्टाचार , बेरोजगारी र धर्म परिवर्तनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै थापाले सशक्त र हस्तक्षेपकारी भूमिका खेल्दै अघि बढ्न देशब्यापी सक्रियतामा जोड दिए।

हिन्दुराष्ट्र र राजसंस्थाको आवश्यकता दिन–प्रतिदिन बढिरहेको र जनताको परिवर्तनको चाहना भएकोले जनभावना अनुसार पार्टीलाई नयाँ उत्साह र उर्जाका साथ अघि बढाउने समेत थापाले बताए।

महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नको निमित्त समयसीमा भित्र कार्य सम्पादन गर्न समेत थापाले सचिवालयको ध्यानाकर्षण गराए।

कार्यक्रममा सचिवालय प्रमुखद्वय ध्रुव बहादुर प्रधान र भाष्कर भद्रा लगायतले बोलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad