राजनीति


तथ्य दर्शाउने तस्बिरभन्दा ठूलो अपराध गरेका छन् अस्ट्रेलियाका सेनालेः चीन

तथ्य दर्शाउने तस्बिरभन्दा ठूलो अपराध गरेका छन् अस्ट्रेलियाका सेनालेः चीन

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार १२:६,

अफगानिस्तानमा अस्ट्रेलियाली सैनिकले ३९ जना निर्दोष व्यक्तिको हत्या गरेको प्रतिवेदन सार्वजनिक भएपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचेनले सोमबार एक ट्विट गरेका थिए।

त्यहाँ अस्ट्रेलियाको सेनाले एक अफगान बच्चाको घाँटी छुराले रेटेको तस्बिर छ र ‘नडराउनु हामी यहाँ शान्ति ल्याउन आउन लागेका छौं’ लोखिएको छ।

लिजियानले उक्त ट्वटीमा अस्ट्रेलियाका सेनाले अफगान नागरिक र बन्दीहरुलाई मारेको विषय थाहा पाउँदा चीन स्तब्ध भएको उनले त्यस्ता कार्यको चीनले सँधै विरोध गर्ने उल्लेख गरेका छन्।

सो ट्विटलाई ‘घृणास्पद’ भन्दै अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले चीनले माफी माग्नु पर्ने बताएका थिए। मसिरनले उक्त तस्बिर नक्कली तस्बिर भएको र चीनलाई यस विषयमा लज्जा बोध हनुपर्ने बताएका थिए।

मंगलबार चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता हुआ छुनयिङले चिनियाँ कार्टुनिस्ट वुहेकिलिनले बनाएको कम्प्युटर चित्र नक्कली तस्बिर नभएको र यो यो सत्यतथ्य दर्शाउने तस्बिर भएको बताएकी छिन्।

उनले यसले अस्ट्रेलियाका सेनाले गरेको युद्ध अपराधलाई झल्काउने बताइन्।

उनले भनेकी छिन्,‘प्रधानमन्त्री मरिसन तपाइँका सेनाले चित्रमा देखाइएको भन्दा ठूलो अपराध गरेका छन्।’

सोमबार नै चीनको विदेशमन्त्रालयले यस तस्बिर विवादको विषयमा युद्ध अपराध अस्ट्रेलियाले गरेकाले चीनले नभएर अस्ट्रेलियाले नै माफी माग्नुपर्ने बताएको थियो। ग्लोबल टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad