ad ad

राजनीति


सत्तारुढ सांसदको पुकारः दैनिक १० जना भ्रष्टाचारीले आत्महत्या गरुन्

सत्तारुढ सांसदको पुकारः दैनिक १० जना भ्रष्टाचारीले आत्महत्या गरुन्

नेपालखबर
साउन १४, २०७६ मंगलबार १२:१०,

सांसदहरुले निर्मला पन्त हत्या प्रकरण देखि ललिता निवास जग्गा प्रकरणका आरोपीको आत्महत्याको घटनाबारे गृहमन्त्रीसँग जवाफ मागेका छन्। 

संघीय संसद प्रतिनिधिसभा अन्र्तगत राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकारसम्बन्धी छलफल चलिरहेका बेला समिति सदस्यहरुले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुको साथ विभिन्न घटनाबारे गृहमन्त्रीको जवाफ मागेका हुन्।

बैठकमा नेपाली कांग्रेसका सांसद एवं समिति सदस्य देवेन्द्रराज कंडेलले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पुर्व नायव सुब्बा युक्त प्रसाद श्रेष्ठको मृत्यु शंकास्पद भएको भन्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरे। ९ तला माथिबाट खस्दा पनि श्रेष्ठको शरीरमा कतै पनि रगत नदेखिनु र आत्महत्या भन्नुले ललिता निवास प्रकरण लुकाउनका लागि हत्या गरिएको त होइन भन्ने शंका उब्जिएको बताए।

नेकपाका सांसद एवं समिति सदस्य झपट रावलले भने दैनिक १० जना भ्रष्टाचारीहरुले आत्महत्या गरेको सुन्न पाईयोस् भन्दै घटनाको सत्यतथ्य पत्ता लगाउने भन्दा पनि आत्महत्या गरेपछि फाइल बन्द हुन्छ भन्ने साेचाई रहेकाे बताए। उनले भने ‘कोही पनि निर्दोष व्यक्तिले बिनाकारण मृत्युवरण गर्नु नपरोस्। कसैलाई बिनाकारण र आधार आरोप पनि नलगाइयोस्। तर यदि कसैले भ्रष्टाचार गरेको छ भने त्यस्ता भ्रष्टाचारीहरुले मर्नु पर्छ। दैनिक १० जना भ्रष्टचारी आत्महत्या वा अन्य कारणबाट मरेको समाचार बाहिर आयोस्।’

त्यसैगरी समिति सदस्य डिला संग्रौलाले निर्मला पन्त हत्या सम्बन्धमा शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका गृहमन्त्री राम बहादुर थापाले गैह्र जिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाइन्। उनले भने, ‘यस्ता निर्मला पन्तको जस्ता घटना हिजो पनि घटे, आज पनि घट्छन्, भोली पनि घटिरहन्छन् भनेर गैह्जिम्मेवारी पुर्ण अभिव्यक्ति दिन मिल्छ कि मिल्दैन? कानुन आफ्नो हामतमा लिएर बोल्दै जाने हो भने निर्मला जस्ता हजाराैँ निर्मलाहरु बलात्कृत हुन्छन्। हामी कहाँ सुरक्षित हुन्छौँ? त्यसैले गृहमन्त्रीलाई यो बोल्ने अधिकार छ कि छैन?’

 त्यसैगरी समिति सदस्य प्रेम सुवालले सुन काण्ड र निर्मला पन्त हत्याका अपराधीलाई अझै पनि नियन्त्रणमा लिन नसकेको भन्दै अपराधीलाई मृत्युदण्ड दिने प्रावधान राख्ने गरी संविधान संशोधन गर्न सरकारलाई निर्देशन दिनुपर्ने तर्क गरे।

नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकारसम्बन्धी छलफल चलिरहेका बेला विषयान्तर भएको भन्दै जनार्दन शर्माले आपत्ती जनाउदै अर्को समिक्षात्मक बैठक बोलाउन सभापतिको ध्यानाकर्षण गराए।
समितिले नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकारका सम्बन्धमा छलफल गर्न गृहमन्त्री, गृहसचिव र प्रहरी प्रमुखलाई समितिमा बोलाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .