खेल


दोलखाको शैलुङमा तेक्वान्दोको हाई अल्टिच्युड ट्रेनिङ सेन्टर बन्ने

दोलखाको शैलुङमा तेक्वान्दोको हाई अल्टिच्युड ट्रेनिङ सेन्टर बन्ने

नेपालखबर
साउन १४, २०७६ मंगलबार १२:८,

 शैलुङ गाउँपालिकाले जग्गा उपलब्ध गराएसँगै ३ वर्षभित्र सो क्षेत्रमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर बनाउँने निर्णय तेक्वान्दो संघले गरेको छ।

शैलुङ गाउँपालिकाले मंगलबार पत्रकार सम्मेलनकाबीच तेक्वान्दो संघलाई समुन्द्र सतहबाट २८ सय मिटरमाथि रहेको ५ रोपनी जग्गा भोगचलनमा दिने पत्र हस्तान्तरण गरेको थियो।

जग्गा हस्तान्तरण गर्दै गाउपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको निर्माणसँगै दोलखा र शैलुङको पहिचान बढ्नुका साथै खेलपर्यटनको पनि विकासमा मद्दत पुग्नेमा जोड दिए।

संघका महासचिव दीपराज गुरुङले राष्ट्रिय खेलाडीलाईलाई विशेष तालिम प्रदान गरी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताबाट पदक हासिल गर्न हाई अल्टिच्युड ट्रेनिङ सेन्टरले महत्वपूर्ण योगदान पुर्याउँने बताए।

‘सात चरणमा तीनवर्षभित्र हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गरिसक्ने हाम्रो योजना छ,’ उनले भने, ‘विस्तृत योजना बनेपछि यसको बजेट आदिबारे जानकारी हुनेछ।’

संघले तेस्रो चरणमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरमा सुरुमा अस्थायी तालिम भवन, अस्थायी बसोबासको व्यवस्था गर्दै अघि बढ्ने र चौथो चरणमा निर्माण कार्यलाई सम्पन्न गर्दै पाँचौ चरणमा प्रशिक्षण केन्द्रलाई व्यवस्थित बनाउँने योजना बनाएको छ।

साथै हाई अल्टिच्युड ट्रेनिङ सेन्टरमा अन्तर्राष्ट्रिय स्तरको जिम, खेलाडीहरुलाई बसोबासको व्यवस्था, विदेशी खेलाडीलाई तालिमका लागि खुला, खेलकुद प्रयोगशालाहरुको व्यवस्था गर्ने संघको योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .