राजनीति


संघीयता खारेजीको माग गर्दै जनमोर्चाद्वारा देशब्यापी प्रदर्शन

संघीयता खारेजीको माग गर्दै जनमोर्चाद्वारा देशब्यापी प्रदर्शन

नेपालखबर
मंसिर १४, २०७७ आइतबार १४:५९,

राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै देशब्यापी विरोध प्रदर्शन गरेको छ।

संघीयताको विरोध गर्दै आएको जनमोर्चाले देशका विभिन्न जिल्लासँगै प्रवासमा पनि विरोध कार्यक्रमको आयोजना गरी खारेजीको माग गरेको हो।

संघीयताका कारण देशको राष्ट्रियता कमजोर बनेको, जनतालाई करको भार थोपरिएको र विकास निर्माणमा लगाउनुपर्ने रकम प्रशासनिक खर्चमा लगाउनुपरेको जनमोर्चाको ठहर छ।

अहिले ब्याप्त कोरोना भाइरसको उपचार गर्न सरकार आर्थिक रुपले असफल भएको भन्दै संघीयता अन्तर्गतको प्रादेशिक संरचनामा खर्च भएको अनावश्यक रकमलाई कोरोना कोषमा राखि प्रभावकारी उपचार गर्न राजमोले माग गरेको छ।

आइतबार भएको देशब्यापी विरोध सभालाई राजमोका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए। कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले दाङमा, उपाध्यक्ष दुर्गा पौडेलले प्युठानमा, अर्का उपाध्यक्ष बद्रे आलमले बुटवलमा, महासचिव जनकराज शर्माले सुर्खेतमा, नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गरेको राजमोले जनाएको छ।

यस्तै, देशभित्र भएको संघीयता विरुद्धको कार्यक्रमप्रति ऐक्यवद्धता जनाउन जनमोर्चा निकट एकता समाजले भारत, कुवेत, मलेसिया, हङकङ, साउदी अरब, जापान, दुबई, कतारलगायत विभिन्न देशमा पनि कार्यक्रम गरेको जनमोर्चाले जनाएको छ।

अन्तरिम संविधानमा संघीयता सामेल गरेदेखि नै विरोध गर्दै आएको जनमोर्चाले संघीयता खारेजीका लागि संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .