प्रधानमन्त्री तथा नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डले अनौपचारिक रूपमा पार्टी फुटाउने घोषणा गरेको आरोप लगाएका छन्।
शनिबार नेकपाको सचिवालय बैठकमा जवाफी प्रतिवेदन पेस गर्दै ओलीले यसअघि प्रचण्डले पेस गरेको प्रतिवेदनले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको आरोप लगाएका हुन्।
ओलीले पेस गरेको ५३ बुँदे प्रतिवेदनको बुँदा नम्बर ५ मा लेखिएको छ : तपाईकाे यो ‘प्रस्ताव’ वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको ‘अभियोगपत्र’ हो र यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ।’

प्रतिक्रिया