राजनीति


चीनका रक्षामन्त्री आज काठमाडौं आउँदै, यस्ताे छ भ्रमण-तालिका

चीनका रक्षामन्त्री आज काठमाडौं आउँदै, यस्ताे छ भ्रमण-तालिका

नेपालखबर
मंसिर १४, २०७७ आइतबार १:१५,

चीनका रक्षामन्त्री जनरल वेई फेङ नेपालको औपचारिक भ्रमणका लागि आज (आइतबार) काठमाडौं आइपुग्दै छन्।

चीनका पहिलो वरियताका स्टेट काउन्सिलर वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित अहिले बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

परराष्ट्र मन्त्रालयले शनिबार बिहान सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार काठमाडौं ओर्लेलगत्तै मन्त्री वेई बालुवाटारस्थित चिनियाँ दूतावास पुग्नेछन्। त्यहाँ दिवाभोज गरेपछि उनी औपचारिक वार्ताका लागि जंगी अड्डा पुग्नेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकेअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले उनीसँग प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता गर्नेछन्।

त्यसपछि बालुवाटारमा प्रधानमन्त्री ओली र शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन्।

त्यसपछि उनी आजै बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ। 

दक्षिणी छिमेकी भारतका विदेश सचिव हर्षवर्धन शृंगला फर्केको २ दिनपछि नै उत्तरी छिमेकी चीनका रक्षामन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ।

याे पनि :  चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने विश्वास

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad