ad ad

राजनीति


नयाँ वर्षमा पुनः लकडाउन गर्ने बेलायती प्रधानमन्त्रीको चेतावनी

नयाँ वर्षमा पुनः लकडाउन गर्ने बेलायती प्रधानमन्त्रीको चेतावनी

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार ७:५१,

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोना भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको पालना गर्न सबै नागरिकसँग आग्रह गरेका छन्।

उनले बेलायतमा दोस्रो पटक आएको कोरोना भाइरसको वेभबाट बच्नका लागि विभिन्न नियमहरु बनाएको स्मरण गराए। ‘ती नियमहरुलाई हामीले राम्रोसँग पालना गरौँ र यदि सरकारले बनाएका ती नियम र विधिहरुलाई नमान्ने अवस्था आयो भने त्यसबाट हामी आगामी नयाँ वर्षको समयमा पुनः अर्को लकडाउन गर्न बाध्य हुने छौँ’, उनले भनेका छन्।

पत्रकार सम्मेलनमा उनले बिहीबार सो कुरा बताउनुभयो । उहाँले महामारी बढिरहेका बेला हाल नयाँ हिसाबले बेलायतको सरकारले नियमहरु बनाएकोले त्यसलाई पालना हुन नसकेको पनि सो अवसरमा बताउनुभयो ।

अहिलेको अवस्थामा नागरिकले नियमको पालना गरेनन् भने त्यसले आगामी दिनमा थप समस्या ल्याउने र यदि त्यस्तो अवस्था आउने देखियो भने नयाँ वर्षको अवसरमा देशव्यापी रुपमा लकडाउन गर्नुपर्ने पनि हुन सक्ने उनको भनाई थियो। रासस÷सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .