नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा सुरु भइसकेको छ। आज बन्दसत्रमा विभिन्न पदका उम्मेदवारहरुले बोलिरहेका छन्।
व्यवसायी सौरभ ज्योतिले पनि जारी निर्वाचनमा उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।
उनले जारी निर्वाचनमा आफू कुनै प्यानलको पनि नभएर महासंघको विशुद्ध उम्मेदवार भएको बताएका छन्।
‘महासंघको जारी निर्वाचनमा द्वन्द्व नै हुने गरी प्यानल नभएको कारण हामी सबै मिलेर उम्मेदवारी दिएका हौँ’, उनले भने, ‘धेरैले पछि द्वन्द्व नै हुने गरी प्यानल निर्माण भएको भन्ने बाहिरी बुझाइ बन्दै गएको छ। तर मैले आफूले चाहिँ महासंघको लागि मात्रै उम्मेदवारी दिएको हुँ।’
आफू राजनीतिमा धेरै कमजोर रहेको बताउँदै उनले आगामी दिनमा राजनीति पनि सिक्ने बताए।
अहिले आफूले एसोसिएटतर्फ धेरै योगदान गरेको र युवा जोश भएको टिम बनाएर उम्मेदवारी दिएको उनको भनाइ छ।
प्रतिक्रिया