राजनीति


भारत-चीनबीच सीमा विवादमा अझै बन्न सकेन सहमति

भारत-चीनबीच सीमा विवादमा अझै बन्न सकेन सहमति

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार ४:४३,

भारत र चीनबीच सीमा पूर्वी लद्दाखमा जारी विवाद समाधानका लागि धेरैपटक वार्ता भए पनि कुनै सहमति हुन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतको अंग्रेजी अखबार टाइम्स अफ इन्डियाका अनुसार बरु दुई देशबीचको संवाद लगभग ठप्प बनेको छ।

सीमा क्षेत्रबाट दुवै देशका सैनिक केही पछि हट्ने विषयमा कुरा भए पनि सहमति हुन नसकेकाले जाडो यामभर अवस्था यथावत् रहने पत्रिकाले उल्लेख गरेको छ।

पछिल्लो समय यही नोभेम्बर ६ मा कोर कमान्डरबीच भएको कुराकानी तथा नोभेम्बर ८ मा भएको वार्तापछि पनि खासै प्रगति हुन नसकेको खबरमा दाबी गरिएको छ।

टाइम्स अफ इन्डियाले स्रोत उल्लेख गर्दै लेखेको छ- पछि हट्ने सर्तमा सहमति हुन नसक्दा वार्ता लगभग ठप्प भएको छ। चीनले नवौं चरणको वार्ताका विषयमा पनि अहिलेसम्म कुनै मिति तोकेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .