प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि खाली भएको स्थानमा आज (सोमबार) मोहनप्रसाद पाण्डेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइँदै छ।
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य ६३ वर्षीय केसीको गत कात्तिक १७ गते निधन भएपछि संघीय संसदकाे एक समानुपातिक सिट रिक्त रहेकाे हाे।
त्यही ठाउँमा पाण्डेलाई आज दिउँसो १ बजे सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारस्थित संघीय संसद सचिवालयमा पदकाे शपथ ग्रहण गराउने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको हो।
स्याङ्जा बिर्घाका बासिन्दा पाण्डे यसअघि पहिलाे संविधान सभामा पनि सदस्य थिए।
3
Shares
प्रतिक्रिया