नेपाल चीनको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी कार्यक्रम हुने भएको छ।
नयाँ बानेश्वरमा रहेको होटल एभरेष्टमा भोलि शुक्रबारबाट फोटो प्रदर्शनी हुने भएको हो।
कूटनीतिक सम्बन्ध स्थापना भएको वर्षगाँठका अवसरमा दुवै देशको सांस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी भएपनि कोभिडका कारण सम्भव हुन नसकेको नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले बताए।
सांस्कृति र भौगोलिक रुपमा नजिक रहेका नेपाल चीनको संस्कृति विकास र पर्यटनसँग सम्बन्धित फोटोहरु प्रदर्शनीमा राखिनेछन्।
कार्यक्रमको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने कार्यक्रम रहेको छ। सांस्कृतिक फोटो प्रदर्शनीमा नेपाल चीनको सम्बन्ध झल्काउने तस्वीरहरु प्रदर्शनीमा राखिएको छ।
Shares
प्रतिक्रिया