राजनीति


नितिश कुमारका शिक्षामन्त्रीले पदभार सम्हालेको डेड घण्टामै दिए राजीनामा

नितिश कुमारका शिक्षामन्त्रीले पदभार  सम्हालेको डेड घण्टामै दिए राजीनामा

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार १२:३१,

बिहारका एक मन्त्रीले पदभार सम्हालेको डेड घण्टाभित्रै राजीनामा दिएका छन्।

मुख्यमन्त्री नितिश कुमार नेतृत्वको नवनियुक्त मन्त्रिमण्डलका शिक्षामन्त्री मेवालाल चौधारीले पदभार सम्हालेको केही बेरमै राजीनामा दिएका हुन्।

मन्त्रीको सपथ लिएको तीन दिनपछि बिहीबार विरोधकाबीच पदभार सम्हालेका उनलाई मुख्यमन्त्री नितिशले राजीनामा दिन लगाएका हुन्। राज्यपालले उनको राजीनामा स्वीकार गरिसकेका छन्। मेवालालको राजीनामासँगै क्याविनेटकै अर्का मन्त्री अशोक चौधरीलाई शिक्षा मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ।

 दिउँसो साढे १२ बजे पदभार सम्हालेका शिक्षामन्त्री चौधारीले २ बजे राजीनामा दिएका थिए।मेवालालमाथि भ्रष्टाचारको आरोप रहेको छ। राष्ट्रिय जनता दल (आरजेडी)ले उनीविरुद्ध दुईदिनदेखि भ्रष्टाचार र उनी श्रीमतीको संकास्पद मृत्युमाथि छानविन गर्न आग्रह गर्दै आएको थियो।

सन् २०१७ मा भगलापुरको कृषि विश्वविद्यालयको कुलपति रहेको समयमा उनले भ्रष्टाचार गरेको आरोप छ। उनले कुलपति रहेको समयमा १६१ जना सह–प्रध्यापकहरु गलत तरिकाबाट नियुक्ति गरेको थिए। यस मामिलामा पनि उनीमाथि मुद्दा दर्ता भएको थियो। उनले विश्वविद्यालयको भवन निर्माणका क्रममा भ्रष्टाचार गरेका थिए।

तत्कालीन बिहारका राज्यपाल रामनाथ कोविदले उनीमाथि अनुसन्धानका लागि आदेश दिएका थिए। उृक्त अनुसन्धानमा उनीमाथि लागेको आरोप सही रहेको पाइएको थियो।

चौधरीले आफ्नोबिरुद्ध कुनै चार्जसिट पेश नगरिएको र अदालतले पनि आफूविरुद्ध कुनै अभियोग प्रमाणित नभएको दावी गर्दै आएका थिए। 

भ्रष्टाचारको आरोपबीच मन्त्री चौधरी बुधवार साँझ मुख्यमन्त्री निवासमा मुख्यमन्त्री नितिश कुमारसँग भेटवार्ता गरेका थिए। उनीहरुबीच आधा घण्टासम्म छलफल चलेको थियो। सो छलफलपछि मेवालालको राजीनामा आएको अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad