ad ad

राजनीति


सरकार र सभामुख गैह्रजिम्मेवारः महतो

सरकार र सभामुख गैह्रजिम्मेवारः महतो

नेपालखबर
साउन १३, २०७६ सोमबार ११:५१,

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकार र सभामुखले जनताको अधिकार हनन गरेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि संघीय संसद भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले सभामुखको रुलिङ तथा आफैले गरेको प्रतिवद्धता कार्यान्वयन नगरेर सरकार र सभामुखले जनताको अधिकार हनन गरेको टिप्पणी गरेका हुन्।

गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक गरेको रुलिङ कार्यान्वयन नगराएर सभामुख कृष्ण बहादुर महराले र सार्वजनिक नगरेर सरकारले जनताको अधिकार हनन गरेको तर्क उनले गरे। उनले सरकार गैह्र जिम्मेवार र सभामुख गम्भीर नभएको पनि आरोप लगाए।

सत्तारुढ दलका सांसद भीम रावलले भने संसद बैठक अवरुद्ध गरेर नेपाली कांग्रेस र राजपाले जनताको पक्षमा संसदमा उठाउनुपर्ने आवाज बन्द गर्ने काम गरेको टिप्पणी गरे।

नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीका विभिन्न ३ वटा घटनाको सत्य तथ्य पत्ता लगाउनका लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दे निरन्तर संसद बैठक अवरुद्ध पार्दै आएका छन्। सोमबार अवरोधका बीच सभामुखले कार्यसूची अघि बढाउन लागेपछि दुबै पार्टीका सांसदहरुले रोष्टम घेराउ गरी नाराबाजी गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .