ad ad

राजनीति


चिनियाँ दूतावास अगाडि मुस्लिम समुदायको प्रदर्शन

चिनियाँ दूतावास अगाडि मुस्लिम समुदायको प्रदर्शन

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार ८:४२,

पश्चिम चीनको उइगुर मुस्लिम समुदायमाथि दमन, शोषण भइरहेको भन्दै काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि नेपाली मुसलमान समुदायले बिहीबार विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनकारी समूह जमीअत उलमाए नेपालले चीनमा उइगुर समुदायमाथि अत्याचार भइरहेको भन्दै त्यो बन्द गर्न माग गरेको हो।

‘चीनले उइगुर समुदायमाथि दमन गरेर मुस्लिम समुदायको संस्कृतिमाथि नै प्रतिबन्ध लगाउने काम गरेको छ’, जमीअत उलमाए नेपालका सल्लाहकार युनुस हमरले दाबी गरे।

मुस्लिम समुदायका व्यक्तिहरु शान्तिका पक्षमा रहेको उल्लेख गर्दै उनले अन्य धर्मका मानिसहरुजस्तै स्वतन्त्र रुपले बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्नुपर्ने माग गरे।

सहभागीहरुले काठमाडौंको पुरानो बसपार्कबाट पद्मकन्या क्याम्पससम्म विरोध जुलुस प्रदर्शन गरेका थिए।

Protest ChineseEmbassy Muslim2

‘चीनमा उइगुर मुस्लिममाथिको अत्याचार बन्द गर’, ‘उइगुर मुस्लिमलाई स्वतन्त्रता देउ’, उइगुर मस्लिमको मानवअधिकार बहाली गर’ जस्ता नारा उनीहरूले लगाएका थिए।

बिहीबार नै उनीहरुले नेपालस्थित चिनियाँ दूतावास अगाडि धर्ना समेत दिएका छन्।

चीनले आफ्नो पश्चिम क्षेत्रको प्रान्त सिन्ज्याङका मुसलमान समुदायको मानवअधिकार हनन गरेको विषय अन्तर्राष्ट्रिय रुपमा पनि उठ्दै आएको छ। अमेरिकाले उइगुर समुदायको अधिकार स्थापित गर्न चीनमाथि दबाब दिँदै आएको छ।

नेपालमा रहेका तिब्बती शरणार्थीले बेलाबेला काठमाडौंमा चीनविरुद्ध प्रदर्शन गर्दै आएपनि उइगुर समुदायको विषयमा भएको यो संभवतः पहिलो प्रदर्शन हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .