राजनीति


प्रधानमन्त्री ओली बुधबार किमाथांका जाने

प्रधानमन्त्री ओली बुधबार किमाथांका जाने

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार ६:२४,

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासाभास्थित नेपाल–चीन सीमा क्षेत्र किमाथांका क्षेत्रको भ्रमण गर्ने भएका छन्।

सो क्रममा प्रधानमन्त्री ओलीले किमाथांकामा स्थापना भएको बोर्डर आउट पोस्ट (बीओपी)को निरीक्षण गर्ने भएका छन्।

त्यसैगरी प्रधानमन्त्री ओलीले भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत आयोजना र कोसी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथांका सडक निर्माणमा भइरहेको प्रगतिको अनुगमन तथा निरीक्षण गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

सत्तारुढ दल नेकपाभित्र विवाद चर्किदै गर्दा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार सचिवालयका बैठक बोलाउने तयारी गरिरहेका बेला अध्यक्ष समेत रहेका ओली  किमाथांका  भ्रमण निस्कन लागेका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad