प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वाशिला पात्र पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन्।
मंगलबार बिहान सामाजिक सञ्चालमार्फत व्यंग्यात्मक शैलीमा उनले ओलीमाथि कारबाही हुने कुरो पत्यार नलागे पनि प्रतिक्षा गरिरहेको बताएका छन्।
नेकपाको शीर्ष नेतृत्वमा बढ्दै गएको विवादले पार्टी फुटको संघारमा पुगेको बेला बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन्।
‘जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे,’ मंगलबार बिहान ट्विट गर्दै बाँस्कोटाले भनेका छन्, ‘भर्खरै सुनाए। पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब।’
जीम्वालबाका छिमेकीले भनेकाे दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे! भर्खरै सुनाए।पत्यार नलागे पनि प्रतिक्षा त गर्नु पराे अब।
— Gokul Prasad Baskota (@GokulPBaskota) November 10, 2020
प्रतिक्रिया