बंगलादेशले नेपाललाई मल सापटी नदिने भएपछि खरिद गरी ल्याउने निर्णय गर्नका लागि मन्त्रिपरिषद्को बैठक आज सोमबार साँझ बस्दैछ।
नेपालमा मलको चरम अभाव भएपछि यसअघि बंगलादेशसँग मल सापटीमा ल्याउने भनी दुई सरकारबीच कुराकानी भएको थियो।
मल सापटी लिनेबारे प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशी समकक्षी शेख हसिनाबीच फोनवार्ता समेत भएको थियो।
‘तर अहिले बंगलादेशले सापटी दिने हामीकहाँ व्यवस्था छैन भनेपछि अब ५० हजार मेट्रिक टन किनेर नै ल्याउनुपर्ने भयो, त्यसका लागि आजको मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने एजेन्डा छ,’ उच्च सरकारी स्रोतले नेपालखबरसँग भन्यो।
मल आपूर्तिबारे सरकारको अलमलका कारण धान खेतीका लागि मल अभाव भोगेका किसानले गहुँका लागि समेत मल नपाउने संभावना बढेको छ।
मल खरिद गर्ने ठेक्का पाएका ठेकदार कम्पनीले सम्झौताअनुसार आपूर्ति नगरेपछि अभाव सिर्जना भएको सरकारले बताउँदै आएको छ।
सरकारसँग सम्झौता गरेर मल उपलब्ध नगराउने ठेकेदारहरुलाई सरकारले कारबाही समेत गरेको छ।
यो पनि :
- नेपाललाई तत्काल युरिया मल दिन बंगलादेश सकारात्मकः प्रधानमन्त्री ओली
- मल नल्याउने ठेकेदार कम्पनीलाई कारवाही गर्न उच्च अदालतले बाटो खोल्यो

प्रतिक्रिया