कारोबार


एसीएफ नेपालद्वारा ५८ लाख बराबरको मास्क हस्तान्तरण

एसीएफ नेपालद्वारा ५८ लाख बराबरको मास्क हस्तान्तरण

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार ११:४४,

एक्सन अगेंष्ट हंगर (एसीएफ) नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालये तथा समाज कल्यान परिषदसँगको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५८ लाख बराबरको केएन९५ मास्क हस्तान्तरण गरेको छ।

कोरोना भाइरस (कोभिड-१९) महामारीबीच संक्रमितको पहिचान र उपचारमा कार्यरत स्वास्थ्यकर्मीरुका लागी उक्त मास्क सहयोग स्वरुप प्रदान गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा विभाग, टेकुमा सोमबार आयोजित एक कार्यक्रमबीच विभागका महानिर्देशक डा. दिपेन्द्ररमन सिंहलाई एक्सन अगेंष्ट हंगर नेपालका निर्देशक फिलिप हामेलले मास्क हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा स्वास्थ्य सेवा विभाग अन्र्तगत व्यवस्थापन विभागका निर्देशक डा. रमेश खरेलका साथै महत्वपूर्ण सरकारी प्रतिनिधिहरु, एक्सन अगेंष्ट हंगर नेपालका कर्मचारीहरु तथा मिडियाकर्मीहरुको सहभागीता रहेको थियो। कार्यक्रम नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनद्वारा तोकिएको कोभिड-१९ सम्बन्धि संक्रमण रोहथाम तथा नियन्त्रणका उपायहरुलाई पालना गरी सम्पन्न गरिएको थियो।

कार्यक्रममा व्यवस्थापन विभागका निर्देशक डा. रमेश खरेलले एक्सन अगेंष्ट हंगर नेपाललाई कोभिड-१९ महामारीले पारेको असरलाई न्यूनीकरण गर्न देखाएको अग्रसरता तथा तदारुकताको लागी स्वास्थ्य सेवा विभागको तर्फबाट कृतज्ञता व्यक्त गरे र साथै हस्तान्तरित मास्कहरुको माग र आवश्यकता अनुरुप प्रयोगमा ल्याइने आश्वासन पनि दिए।

‘सन् १९७९ मा स्थापित, एक्सन अगेंष्ट हंगर एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो जुन संसारभर भोक विरुद्ध लडिरहेको छ। यस संस्थाको मुलभूत उद्देश्य भनेको विशेष गरी द्वन्द्व वा प्राकृतिक प्रकोपद्वारा सृजित आपतकालीन अवस्था वा सो पश्चात कुपोषणको रोकथाम, पहिचान र उपचार गरी भोकलाई निर्मुल पार्दै जीवन रक्षा गर्नु हो। आज, विश्वमा एक्सन अगेंष्ट हंगर भोक विरुद्धको अभियानमा एक मुख्य संस्थाको रुपमा चिनिन्छ। अन्तर्राष्ट्रिय संजालमा सृजित यस संस्थाले विश्वका करिब ५० राष्ट्रहरुमा समन्वयात्मक प्रतिक्रिया गर्दै आएको छ। यस संस्थाका प्राथमिकता भनेको प्रभावकारी कार्य मार्फत पिडित जनसंख्यालाई सेवा पु-याउनु हो। भोकका विभिन्न कारणहरु हुनेहँदा, यस संस्थाले आफ्नो विशेष दक्षताका साथ बहु-क्षेत्रीय प्रतिक्रिया गर्दछ’ संस्थाले भनेको छ।

एक्सन अगेंष्ट हंगर नेपालमा सन् २००५ देखि विभिन्न चार क्षेत्रहरु -पोषण तथा स्वास्थ्य, खानेपानी तथा सरसफाई, मानसिक स्वास्थ्य तथा हेरचाह र खाद्य सुरक्षा तथा जीविकोपार्जन क्षेत्रहरुमा रहेर देशका विभिन्न जिल्लाहरुमा आफ्नो कार्य गर्दै आइरहेको छ। नेपालको लागि काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस संस्थाले देशको अतिनै विकट जिल्लाहरु हुम्ला र मुगुबाट आफ्नो कार्य शुरु गर्दै हालसम्म भक्तपुर, बझाङ, कंचनपुर, ललितपुर, मकवानपुर, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, नुवाकोट, रसुवा, रामेछाप, रौतहट र सप्तरीमा कार्य गरिसकेको छ। हाल यस संस्थाले नवलपरासी पश्चिम, नवलपरासी पूर्व, नुवाकोट र रसुवा जिल्लाहरुमा आफ्ना कार्यहरुलाई निरन्तरता दिइराखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad