कारोबार


नेपाल एयरलाइन्सले चार्टर्ड उडानको भाडा घटाउने, कुन जहाजको कति?

नेपाल एयरलाइन्सले चार्टर्ड उडानको भाडा घटाउने, कुन जहाजको कति?

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार ११:४६,

नेपाल वायुसेवा निगमले चार्टर्ड उडानको भाडादर घटाउने तयारी गरेको छ। हवाइ उडानमा प्रतिस्पर्धा गर्न चार्टर्ड उडानको भाडादर घटाउन लागेको कम्पनीले बताएको छ।

निगमले चार्टर्ड उडानको भाडादरसम्बन्धी अध्ययन कार्यदल निर्माण गरेको थियो। कार्यदलको सुझावअनुसार निगमले भाडादर घटाउन लागेको हो।

निगमले अन्तर्राष्ट्रिय उडानमा दुईवटा वाइडबडी (ठूलो आकारका) र दुईवटा न्यारोबडी (सानो आकारका) विमान रहेका छन् भने आन्तरिक उडानमा दुईवटा ट्विनअटर विमान रहेका छन्।

समय–समयमा पुनरवलोकन गर्दै आएको निगमले उडान घण्टाको आधारमा भाडादर तय गर्दै आएको छ। यसअनुसार एयरबस ३३० वाइडबडी प्रतिघण्टा उडानको १८ हजार १०० अमेरिकी डलर लिँदै आएको छ। अब त्यसलाई घटाएर १५ हजार ५०० डलरमा झार्ने प्रतिवेदन पेश भएको छ।

त्यसैगरी एयरबस ३२० न्यारोबडीको ९ हजार डलर लिँदै आएकोमा अब ७ हजार डलर मात्रै लिन उपयुक्त हुने कार्यदलको निष्कर्ष रहेको छ।

ट्विनअटर जहाजको १ हजार ८०० डलर लिँदै आएकोमा अब १ हजार ३ सय डलर लिन सुझाव दिएको छ।

कोभिड १९ का कारण हवाइ यातायातमा अझ प्रतिस्पर्धा हुने आँकलन गर्दै भाडा निगमले चार्टर्ड उडानको भाडा घटाउन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad