राजनीति


अमेरिकी राजदूतले भने– मेरो अहोभाग्य नेपाल मेरै जीवनकथाको अंश बनेको छ (भिडियो)

अमेरिकी राजदूतले भने– मेरो अहोभाग्य नेपाल मेरै जीवनकथाको अंश बनेको छ (भिडियो)

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार ७:४५,

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले आफू नेपालमा राजदूत भई आएको दुई वर्ष पुरा भएको अवसरमा एक भिडियो सन्देश जारी गरेका छन्।

सो भिडियोमा उनले नेपालका लागि अमेरिकी राजदूत भएर काम गर्न पाउनु आफ्नो अहोभाग्य बताएका छन्।

कुनै बेला पर्यटकको रुपमा यहाँ आउँदा सायद त्यो नै आफ्नाे नेपालको एकमात्र भ्रमण होला भन्ठानेको उनले स्मरण गरेका छन्।

‘तर मेरो अहोभाग्य, नेपाल अब मेरो जीवनकथाकै एक अंश बन्न पुगेको छ,’ उनले सो भिडियोमा भनेका छन्।

एक दशकअघि नेपाली दूतावासमै काम गर्ने मौका पाएको र दुई वर्षदेखि नेपालमै राजदूतको रुपमा रहँदा आफूले निकै भाग्यमानी ठानेको उनले बताएका छन्।

‘म मेरो आफ्नो देशबाहेक सबैभन्दा बढि नेपालमै विताएको छु भन्दा गर्व लाग्छ,’ उनले भनेका छन्।

नेपालका चाड मनाउन र यहाँका मौलिक खानाहरुको स्वाद लिन आफूलाई औधि मन पर्ने उनले बताएका छन्।

त्यसैगरी उनले हिमालय क्षेत्रको भ्रमणमा आफू निकै रमाउने जानकारी दिएका छन्।

लोमान्थाङ, मुक्तिनाथ, जनकपुर, पोखरा जस्ता ठाउँहरुको भ्रमण गर्दा ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक विविधताबारे धेरै कुरा सिक्न पाउँदा आफूलाई निकै राम्रो लाग्ने उनको भनाइ छ।

त्यस्तै पाटन दरबार क्षेत्र, हनुमान ढोका, लुम्बिनी, बौद्ध जस्ता ठाउँहरुको अवलोकन गर्नु सँधै आफ्नो प्राथमिकतामा पर्ने उनले बताएका छन्।

तर यो वर्ष कोरोना महामारीका कारण आफ्ना धेरै योजनामा प्रभाव पारेको उनको भनाइ छ।

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad