भारतका रक्षा प्रमुख अर्थात् चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का प्रमुख विपिन रावतले आफ्ना देशका सेनाले पूर्वी लद्दाखमा चीनका सैनिकलाई उचित जवाफ दिइरहेको बताएका छन्।
शुक्रबार आयोजित एक बेविनारमा रावतले भारत–चीन सीमा लद्दाखमा अहिले तनाव भइरहेको र चीनका सेनाको ‘हर्कत’विरुद्ध भारतीय सेनाले भनेजस्तो जवाफ दिइरहेको दाबी गरेका हुन्।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार उनले भनेका छन्, ‘हामी सीमा क्षेत्रस्थित वास्तविक नियन्त्रण रेखालाई परिवर्तन हुन दिँदैनौं।’
गत जुन १५ तारिख पूर्वी लद्दाखमा भारत र चीनका सेनाबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो। तर चीनतर्फ के कति क्षति भयो अहिलेसम्म उसले आधिकारिक जानकारी दिएको छैन।
त्यसयता दुई देशका सैनिकबीच पटकपटक वार्ता गरी सहमतिको प्रयास गरिए पनि अहिलेसम्म झगडा साम्य हुन सकेको छैन। बेला बेला तनाव भइरहन्छ।
Shares

प्रतिक्रिया