अमेरिकी निर्वाचनमा जसले जितेपनि सहकार्य गरेर अघि बढ्न चीनले आह्वान गरेको छ।
चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री ले युचेङले सम्बन्ध सुधारको अपिल गरेका हुन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेयता अमेरिका र चीनबीच द्वन्द्व बढ्दै गएको छ। ट्रम्प हारको नजिक पुगेका बेला चिनियाँ मन्त्रीले यस्तो टिप्पणी गरेका हुन्।
‘चीन आशा गर्छ– अमेरिकाको नयाँ प्रशासनले हामीसँगको सहकार्यमा ध्यान दिनेछ र हामीबीचको असमझदारीलाई ठिक तरिकाले व्यवस्थापन गर्नेछ। जसले चीन–अमेरिका सम्बन्धलाई सही मार्गमा ल्याउनेछ,’ उनले भनेका छन्।
अमेरिकामा निर्वाचनको दुई दिनपछि पनि कसले जित्छ भन्ने स्पष्ट भइसकेको छैन। यद्यपि डेमोक्रेटिक उम्मेदवार जो बाइडेन जितको नजिक पुगेका छन्।
प्रतिक्रिया