ad ad

कारोबार


च्याटबट मार्फत भुक्तानीको सुरुवात गर्दै राकुटेन भाइबर

च्याटबट मार्फत भुक्तानीको सुरुवात गर्दै राकुटेन भाइबर

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार १२:५९,

सजिलो र निःशुल्क सञ्चारको लागि विश्वको एक अग्रणी एप बन्न सफल भाइबरले आफ्नो सेवा आरम्भको एक दशक पुगेको उपलक्ष्यमा आफ्नो विद्यमान मेसेजिङ्ग प्रणालीहरुको मुख्य विशेषतामा नयाँ च्याटबट पेमेन्ट शुरुवात गरेर आफ्नो सेवा अब वित्तीय प्रविधि (फिनटेक) तर्फ पनि विस्तार भएको घोषणा गरेको छ।

अब भाइबरका प्रयोगकर्ताहरुले यो प्लेटफर्मको उपयोग सामानहरु किन्न तथा सेवा वापतको भुक्तानी गर्न पनि सक्नेछन्, जसको लागि प्रयोगकर्ताले गुगल पेमेन्ट अथवा स्थानीय मोबाइल वालेटको सहायता लिनु पर्नेछ।

यस कदमले भाइबरको बढोत्तरीलाई मेसेजिङ्गभन्दा अघि बढाएर एक महत्त्वपूर्ण कोसेढुँगा नै कायम गरेकोे कम्पनीले जनाएको छ। यस सेवाको शुभारम्भ युक्रेनबाट गरिने छ र २०२१ सम्म अन्य बजारहरुमा पनि पु-याउने योजना भाइबरको रहेकोे छ। यसका लागि कम्पनीले उत्कृष्ट गोपनीयता सुरक्षणका मापदण्डहरुद्वारा रेखाङ्कित गरेर, आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरुको आवश्यकताहरुलाई पूर्ति गरिदिने एण्ड–टु–एण्ड प्लेटफर्मको विकास गरेको छ।

मेसेजिङ्ग र सामाजिक प्लेटफर्महरुको उन्नति एवं विकाससँगै प्रयोगकर्ताहरुले इमोजि, जिफहरु र भिडियो कलहरुभन्दा पनि धेरै थप फिचरहरुको लागि माग शुरु गरेका छन्।

‘अहिलेको युगमा जहाँ हामीे मेसेजिङ्गको लागि मात्र पनि ५ भन्दा बढि एपहरु प्रयोग गछौं, त्यसमाथि पनि सोसल मिडिया, भुक्तानी कार्य र फूड डेलिभरी जस्ता अरु भिन्न भिन्न उपयोगहरुका लागि थप एपहरुको प्रयोग अझ झन्झटिलो भएको छ। २०१७ को आरम्भमै ६४ प्रतिशत युवापुस्ताहरुले मेसेजिङ्ग एपहरुमा पि–टु–पि ट्रान्सफरमा आफ्नो रुची व्यक्त गरेका थिए। माहामारीका कारणले यो संख्यामा अझ तिव्र वृद्धि भएको छ। भाइबरले यो आवश्यकतालाई महसुस गरेर आफ्नो सेवालाई उपयोगीताहरु तर्फ विस्तार गरी प्रयोगकर्ताको गोपनीयता संरक्षणमा जोड दिंदै फिनटेक डिजिटल पेमेन्टे तर्फ अघि बढेको छ’ भाइबरले भनेको छ।

क्रम्पनीका अनुसार नेपालमा, भाइबरले देशकैे सबैभन्दा ठूलो ई–वालेट ट्रान्सफर प्लेटफर्म ई–सेवासँग साझेदारी गरी ई–सेवाको आफ्नो कम्युनिटी र फेस्टिभ स्टिकरप्याक ल्याएको छ र ई–सेवा सँगै एक विषेश साझेदारी पनि भाइबरले चाँडै नै गर्दै छ। यस साझेदारी पछि प्रयोगकर्ताहरूले मोबाइल टपअप गर्न र पियर–टु–पियर पैसा ट्रान्सफर गर्न सक्नेछन्। यस कार्यले भाइबरको मेसेजिङ्ग एप मात्र नभई अधिक विविधता भएको र उपयोगकर्ता मैत्री एप बन्ने प्रतिबद्धतालाई अझ सुदृढ बनाउँछ।

भाइबरको च्याटबट पेमेन्ट फिचरले प्रयोगकर्ताहरुलाई उनीहरुको आधिकारिक च्याटबट मार्फत सामानहरु तथा व्यापारीहरुको सेवा सुरक्षित एवं सिधै खरीद गर्न सक्षम गराउनेछ। यदि प्रयोगकर्ताको बैंकले समर्थन गरेमा प्रयोगकर्तालाई उनीहरुको स्थानीय स्मार्टफोन वालेटमा क्रेडिट वा डेबिट कार्ड जोडि भुक्तानीका विकल्पहरु भाइबरको स्थानीय च्याटबट एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपिआई) मा बनेको कुनैपनि च्याटबटको लागि उपलब्ध हुनेछ। यस्तै व्यापारीको तर्फबाट भुक्तानी स्वीकार्न चाहनेले यस किसिमको भुक्तानीहरुलाई समर्थन गर्ने पेमेन्ट सर्भिस सेवा प्रदायकसँग भाइबरमा एउटा च्याटबट सिर्जना गरेर जोडिनु पर्छ, र यसमा भुक्तानी सक्षम हुनेछ । भाइबरको च्याटबट प्लेटफर्ममा निम्न विषेश्ता रहेको छः

समय–बचतः च्याटबट पेमेन्ट्स फिचरले भाइबरमा सिधै केहि ट्याप गरेसँगै खरीद कार्यलाई सक्षम बनाउनेछ।

सबै सम्मेलितः प्रयोगकर्ताहरुले उनीहरुले पहिले नै प्रबन्ध गरेको च्याटबट मार्फत सेवाहरु (उपयोगीताका बिलहरु, डेलिभरीहरु, यातायात आदि) का लागि भुक्तानी गर्न सक्नेछन्।

सुरक्षितः सबै गोप्य भुक्तानीको जानकारी इन्क्रिप्टेड गरिन्छ र च्याटबटहरु, भाइबर वा अन्य तेस्रो पक्ष समक्ष प्रदर्शित गरिंदैन।

व्यापारका लागि राम्रोः च्याटबट पेमेन्ट्स फिचर साना, मझौला वा ठूला सबै खाले व्यवसायहरुका लागि एक सजिलो माध्यम हो, यसको लागि भाइबरमा एउटा च्यानल हुनु पर्छ, जसको सहायताले उनीहरुको ग्राहकहरु सँग जोडिन र भुक्तानीहरु संकलन गर्न सक्नेछन्।

पहुँचयोग्यः मोबाइल वालेटहरु उपलब्ध भएको कुनै पनि देशमा बजार बिस्तार गर्न सहज हुन्छ।

भाइबरले अर्को महिनाभित्रमा यसलाई उपलब्ध गराउने लक्ष्यका साथ विश्वसनीय बट विकासकर्ताहरु र भुक्तानी सेवा प्रदायकहरुसँग सहकार्य गरिरहेको छ। युक्रेनपछि भाइबरले अन्य बजारहरुमा अर्को वर्षको प्रारम्भमै च्याटबट पेमेन्ट्स फिचरलाई प्रस्तुत गर्ने योजना बनाएको छ।

‘भाइबरलाई मेसेजिङ्गभन्दा अगाडी लैजान र विश्व मञ्चमा एक सम्पूर्ण गुणयुक्त एण्ड–टु–एण्ड प्लेटफर्म जसले मानिसहरुलाई विज्ञापनमा मात्र लक्षित नभई आफ्नो वास्तविक प्रयोगकर्तालाई मान्यता दिने एप स्थापित गर्न सफल भएकोमा हामी उत्साहित भएका छौं। गोपनीयता र सुरक्षा धेरै महत्त्वपूर्ण छन्। त्यो सन्देशहरु मार्फत सूचना आदानप्रदानमा मात्र नभई डिजिटल सञ्चारका अन्य पक्षहरु र भुक्तानीहरुमा समेत लागू हुन्छन्। हामी प्रयोगकर्ताहरुलाई उनीहरुको भुक्तानी सम्हाल्नलाई सुरक्षित विकल्पसम्म पहुँच भएको सुनिश्चितता प्रदान गर्न चाहन्छौं’ राकुटेन भाइबरका सिइओ जमेंल अगाउवाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .