ad ad

राजनीति


कांग्रेस नेताको प्रश्न : मध्यरातमा गोयलले निर्वस्त्र बनाएपछि जे बोल्दा पनि हुने हो?

कांग्रेस नेताको प्रश्न : मध्यरातमा गोयलले निर्वस्त्र बनाएपछि जे बोल्दा पनि हुने हो?

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार ५:४०,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले आफूले राजीनामा दिए देश डुब्छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै नेता गुरुङले प्रधानमन्त्रीको अभिव्यक्तिको अलोचना गरेका हुन्। उनले स्वास्थ्यकर्मीहरुले उचित पारिश्रमिक नपाएर राजीनामा दिन बाध्य भएको र बिरामीहरु उपचार नपाएर मृत्युबरण गर्न बाध्य भइरहेका बेला प्रधानमन्त्रीले आफूले राजीनामा दिए देश बर्बाद हुन्छ भन्नु उपयुक्त नभएको बताएका छन्।

उनले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग मध्यरातमा भेटेपछि जे बोल्न पनि हुने हो भनि प्रधानमन्त्रीमाथि प्रश्न उठाएका छन्।

‘स्वास्थ्यकर्मीहरुले उचित पारिश्रमिक नपाएर राजीनामा दिइरहेका छन्। बिरामीहरु उपचार नपाएर मृत्युवरण गर्न बाध्य भइरहेका छन्। अझ राजीनामा दिए देश बर्बाद हुन्छ रे१ मध्यरातमा गोयलले राष्ट्रवादी लुगा फुकालेर दिल्ली लगेपछि निर्वस्त्र बनेको मान्छेले जे बोल्दा पनि हुने हो?’, ट्विटरमा नेता गुरुङले लेखेका छन्।

बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमनत्री ओलीले कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका थिए।

पछिल्लो समय पार्टी भित्रैबाट राजीनामा दिन दवाव सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भए पनि राजीनामा नदिने अडान व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .