राजनीति


अमेरिकामा कसरी चुनिन्छन् राष्ट्रपति?

अमेरिकामा कसरी चुनिन्छन् राष्ट्रपति?

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार १३:४,

अमेरिकामा अघिल्लो पटकको राष्ट्रपतीय निर्वाचन पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले जित्ने आम अपेक्षा थियो। निर्वाचनमा क्लिन्टनले डोनाल्ड ट्रम्पभन्दा झण्डै ३० लाख बढी मत पनि ल्याइन्। तर, राष्ट्रपति भने ट्रम्प चुनिए।

किनभने कडा प्रतिस्पर्धा रहेका राज्यहरुमा जितेर ट्रम्पले इलेक्टोरल कलेजमा आफ्ना लागि पर्याप्त मत सुरक्षित गरेका थिए।

अमेरिकामा जनताले राष्ट्रपतिका लागि प्रत्यक्ष मतदान गर्दैनन्। बरु उनीहरुले ५३८ सदस्यीय इलेक्टोरल कलेजका सदस्य छान्छन्। ती इलेक्टोरल कलेजका सदस्य आआफ्नो राज्यको राजधानीमा भेला भएर राष्ट्रपति चुन्छन्।

सन् १७८७ मा गरिएको यो व्यवस्था पुरानो भइसकेको र यसमा परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको धेरैको माग छ। तर, इलेक्टोरल कलेजको व्यवस्था हटाउने अनेकौँ प्रयास असफल हुँदै आएको छ।

राष्ट्रपति बन्न उम्मेदवारले २७० इलेक्टोरल कलेजका सदस्यको मत पाउनुपर्छ।

इलेक्टोरल कलेजका ५३८ सदस्यमध्ये धेरैजसो निर्वाचन जितेका स्थानीय अधिकारी वा पार्टीका नेताहरु हुन्छन्। तर, मतदानको समयमा मतपत्रमा तिनको नाम हुँदैन। मतदाताले प्रायः इलेक्टोरल कलेजका सदस्यलाई चिन्दैनन् पनि।

हरेक राज्यमा जति सांसद (प्रतिनिधिसभाका सदस्य र सिनेटर) हुन्छन्, त्यति नै संख्यामा इलेक्टर पनि हुन्छन्। अमेरिकामा हरेक राज्यमा दुई सिनेटर र जनसंख्याको आधारमा प्रतिनिधिसभा सदस्य हुने गर्छन्।

उदाहरणका लागि जनसंख्या धेरै भएको क्यालिफोर्नियामा ५५ र टेक्ससमा ३८ इलेक्टर छन् भने जनसंख्या अत्यन्त कम भएका अलास्का, डेलावेयरलगायत राज्यमा ३ जना मात्रै।

५० राज्यमध्ये नेब्रास्का र मेन राज्यमा बाहेक अन्यत्र सबैभन्दा बढी मत ल्याउने उम्मेदवारले राज्यका सबै इलेक्टरको मत पाउँछ।

यसपटक हुलाकबाट मत दिनेको संख्या धेरै भएकोले कानुनी झमेला उत्पन्न हुनसक्ने तथा राष्ट्रपति ट्रम्पले बखेडा झिक्नसक्ने आशंका गरिएको छ।

कतिपय स्थानमा राज्यका गभर्नर एउटा पार्टीको र विधानसभामा अर्कै पार्टीको बहुमत हुँदा दुवैले अलगअलग इलेक्टरलाई मान्यता दिनसक्ने सम्भावना पनि रहन्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad