नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ। विगत छ दिनदेखि बेहोस रहेका नेता विश्वकर्माको होस खुलेको उनका स्वकीय सचिव टेक विकले जानकारी दिए।
ग्रान्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचाररत नेता विश्वकर्माको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ।
कोरोना संक्रमणसँगै फोक्सोमा निमोनिया देखिएपछि ग्राण्डी अस्पतालको आइसीयूमा उपचार गराइरहेका नेता विश्वकर्मालाई गत शनिबार अपरान्हदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

प्रतिक्रिया