राजनीति


लिपुलेकसहित तीन नाकाबाट चीनसँगको व्यापार अघि बढ्छ : भारत

लिपुलेकसहित तीन नाकाबाट चीनसँगको व्यापार अघि बढ्छ : भारत

नेपालखबर
साउन १२, २०८३ मंगलबार २२:१९,

भारतले लिपुलेकसहितका नाकाबाट चीनसँगको व्यापार पूर्वसहमतिअनुसार नै अघि बढाउने बताएको छ। भारत र चीनले आपसी व्यापारका लागि सहमति गरेको लिपुलेक नेपाली भूमि हो। 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले तीन वटा नाकाबाट चीनसँग व्यापार पुनः सुरु गरिने बताए।

मङ्गलबारको नियमित पत्रकार सम्मेलनमा जैसवाललाई चीनसँगको सीमा व्यापारबारे प्रश्न सोधिएको थियो।

जवाफमा उनले भने, ‘सन् २०२५ को अगस्ट १९ मा जारी विज्ञप्तिमा म तपाईंहरुको ध्यान आकर्षित गर्न चाहन्छु। सो विज्ञप्तिअनुसार दुवै पक्ष लिपुलेक, सिपकी ला र नाथु ला पास नामक तीनवटा व्यापारिक विन्दुबाट व्यापार गर्न सहमत भएका थिए।’

‘अब सहमति भएका विषयलाई अगाडि बढाइँदैछ,’ जैसवालले थपे।

सोही पत्रकार सम्मेलनमा जैसवालले प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो पठाइएको जानकारी पनि दिएका थिए। पछिल्लो समय प्रधानमन्त्री शाहलाई भारत भ्रमण गराउने प्रयास भइरहेको छ।

त्यसैका लागि जुलाई पहिलो साता उनका सल्लाहकार कुमार बेनले गुप्त रुपमा भारत भ्रमण गरेका थिए। यद्यपि, जैसवालले यसबारे आफूसँग कुनै सूचना नभएको पत्रकार सम्मेलनमा बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad