राजनीति


ओलीसँग टाढिएका प्रचण्ड भेट्न खुमलटार पुगे नेपाल, के हुँदैछ सरसल्लाह?

ओलीसँग टाढिएका प्रचण्ड भेट्न खुमलटार पुगे नेपाल, के हुँदैछ सरसल्लाह?

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार ७:१३,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले शनिबार दिउँसो छलफल भैरहेको छ।

कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न नेता नेपाल साढे ११ बजे खुमलटारस्थित उनकै निवास पुगेका हुन्।

नेकपाभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गर्दै आएको भन्दै असन्तुष्ट रहेका दुई नेताबीच अब केकसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको भेटघाटबारे जानकार स्रोतले बतायो।

केहि दिनयता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग कार्यकारी अध्यक्ष प्रचण्डको तिक्तता बढेपछि दुई अध्यक्षबीच अहिले भेटघाट समेत भएको छैन।

स्रोतका अनुसार पार्टी भित्रको गतिरोध अन्त्य गर्ने उपायको खोजिकै विषयमा प्रचण्ड नेपालको छलफल भएको हो।

तत्काल सचिवालय बैठक बोलाउने र त्यहीँ नै विषयहरु छलफल गर्नुपर्ने माग उठ्न थालेको बेला प्रचण्डसँग छलफलका लागि नेपाल उनकाे निवास पुगेका हुन्।

दैनिकजसो प्रचण्डसँग भेटघाट तथा छलफल गर्ने गरेका प्रधानमन्त्री ओलीले केहि दिनदेखि वरिष्ठ नेता नेपालसँग एक्लाएक्लै भेट गरेका छन्।

असोजको अन्तिममा गरिएको तीनजना मन्त्री र राजदुत नियुक्तिमा प्रधानमन्त्रीले एकलौटी गरेको भन्दै प्रचण्ड ओलीसंग असन्तुष्ट छन्।

पर्सामा आफूनिकट एक जिल्ला नेताको हत्या गर्नेलाई कारबाही गर्न रोकेपछि प्रचण्ड थप असन्तुष्ट बनेको उनीनिकट नेताहरूको भनाइ छ।

उनले कात्तिक ४ गतेपछी ओलीलाई भेटेका छैनन। शुक्रबार प्रचण्ड र ओलीबीच संवाद गराउन परराष्ट्रमन्त्री तथा ओलीनिकट स्थायी समिति सदस्य प्रदीप ज्ञवाली प्रचण्ड निवास खुमलटार पुगेका थिए।

त्यसैगरी अर्थमन्त्री बिष्णु पाैडेल, पूर्वसभामुख सुवास नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पाेखरेल लगायत नेताहरु पनि प्रधानमन्त्री  ओलीकाे सन्देश लिएर प्रचण्ड निवास पुगेकाे बताइएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad