ad ad

राजनीति


अमेरिकाले भक्षक भनेपछि रुष्ट चीनले दियो यस्तो चेतावनी

अमेरिकाले भक्षक भनेपछि रुष्ट चीनले दियो यस्तो चेतावनी

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार ६:३४,

पोम्पिओले बुधबार श्रीलंकामा पुगेर चिनियाँ कम्युनिस्ट सरकारको चर्को र आक्रामक शैलीमा अलोचना गरे।

पोम्पिओले चीनलाई भक्षक भएको बताएका थिए। उनले चीन भक्षक र आफूहरु श्रीलंकाको असल मित्र भएको बताएका थिए।

चीनको बढ्दो आक्रामकताविरुद्ध एक हुनुपर्ने भन्दै पोम्पिओ भारतसँगै केही एसियाली देशको भ्रमण गर्ने क्रममा श्रीलंका पुगेका थिए।

तर पोम्पिओको टिप्पणीसँगै श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले ट्वीटरमा भने,‘श्रीलंकाले सँधै तटस्थ विदेश नीति अंगालेको छ। हामी शक्तिशाली राष्ट्रको टकरावमा अल्झिन चाँहदैनौं।’

भारतमा विभिन्न रक्षा सम्झौता गरेर श्रीलंकालाई पनि आफ्नो पक्षमा पार्न पोम्पिओ श्रीलंका पुगेको विश्लेषकहरु बताउँछन्। यसबीचमा श्रीलंकाले आफू कसैको पक्षमा नजाने प्रस्ट पारेको हो।

अमेरिकाले श्रीलंकामा गएर आफूविरुद्ध टिप्पणी गरेसँगै श्रीलंकास्थित चिनियाँ दूतावासले कडा आपत्ति जनाउँदै विज्ञप्ती जारी गरेको छ।

त्यहाँ भनिएको छ,‘चीन श्रीलंकासँग आपसी सम्बन्ध अगाडि बढाउन सक्षम छ र कुनै तेस्रो राष्ट्रको सल्लाह उपयुक्त ठान्दैन। कुनैपनि भ्रमण सम्मानजनक र लाभदायी हुनुपर्छ। समस्या बढाउने किसिमको हुनु हुँदैन।’

चीनको दूतावासले अमेरिकी भनाइहरु समस्याग्रस्त भएको बताएको छ। यसअघि भारतमा पनि अमेरिकी विदेशमन्त्री पोम्पिओ र रक्षामन्त्री मार्क एस्परले चीन विरोधी अभिव्यक्ति दिएका थिए।

यसैबीच चीनले भारतसँगको सीमा विवादको विषयबाट टाढै रहन अमेरिकालाई चेतावनी दिएको छ। चीनले भारतसँगको सीमा विवाद द्विपक्षीय मुद्दा भएको र तेस्रो पक्षको हस्तक्षेप अमान्य रहेको बतायो।

चीनको विदेशमन्त्रालयले बुधबार अमेरिकाले शीतयुद्धको मानसिकता र टकरावलाई बढावा दिएको आरोप लगाएको थियो। बीबीसी

याे पनि: भारत–अमेरिकाबीच ऐतिहासिक सम्झौता : यस क्षेत्रमा अमेरिकालाई के फाइदा? कसरी बढ्छ भारतको क्षमता?

श्रीलङ्का पुगेर पोम्पिओले भने : चीन भक्षक हो, हामी साथी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .